images

सुनको मूल्य घट्दा चाँदी  बढ्यो 

काठमाडौं ।  आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले घटेको हो । सोमबार २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । सोमबार ३५ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ३५ सय ४५ रुपैयाँमा कारोवार भैइरहेको छ ।  
 

मङ्गलबार १६ मंसिर २०८२ ०३:३३ PM मा प्रकाशित

प्रतिक्रिया