अमेरिकामा भएको हिराल्डो सोतोकान सोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका रजत पदक विजेता सन्तोष राई सम्मानित भएका छन् ।च्याम्पियन मार्सल आट्र्स क्लब युएसए अमेरिकाले युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकासँगको सहकार्यमा न्यूयोर्कमा आयोजिक एक कार्यक्रमका बीच सन्तोषलाई सम्मान गरेको हो । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराएको भन्दै दुई संस्थाको संयोजनमा उनलाई सम्मान गरिएको हो । उनी चार हजार चार सय अमेरिकी डलरसहित सम्मानपत्रद्वारा सम्मानित भएका हुन् । सन्तोषलाई च्याम्पियन मार्सल आट्र्स एकेडेमी र डियन्जङ पुनले समान एक हजार, युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाले एक हजार पाँच सय, रुद्र राईले ९ सय अमेरिकी डलर प्रदान गरेका थिए ।
खेलाडीले प्रदर्शन गरेको समर्पण, अनुशासन र कडा परिश्रमले गर्दा उत्सव मनाउने अवसर मिलेको उक्त कार्यक्रममा वक्ताहरूले धारणा राखेका थिए । विदेशी भूमिमा मार्सल आट्र्सको माध्यमबाट नेपाली समुदायको लागि प्रेरणाको श्रोतको रूपमा कराते खेलाडी सन्तोषले योगदान गरेको सम्मान गर्ने संस्था र व्यक्तिहरूको भनाइ थियो । च्याम्पियन मार्सल आटर््स क्लब युएसएका अध्यक्ष सुनिल लामाले उक्त सम्मान कार्यक्रमको अध्यक्षता गरेका थिए । लामा नेपालका पूर्वखेलाडी र च्याम्पियन मार्सल आटर््स क्लबका प्रशिक्षक हुन् । लामाले विशेष गरी डायस्पोरा समुदायभित्र खेलाडीले उत्कृष्ट नतिजा दिइरहेको बताए ।युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीका ९यायोख्खा० को केन्द्रिय महासचिव मुक्ति राइ र निवर्तमान न्यूयार्क च्याप्टर अध्यक्ष ममता राइको पहलमा नेपालका लागि पदक विजेता सन्तोषको सम्मान कार्यक्रम आयोजना गरिएको हो । सन्तोषले न्युयोर्कस्थित कोरोनामा सम्पन्न च्याम्पियनसिपमा सन्तोषले सिनियर एकल कातातर्पm रजत पदक जितेका थिए । फाइनलमा अमेरिकाका कर्नाडोसँग पराजित भएपछि सन्तोष यसपल्ट पनि रजक पदकमा नै सीमित भए । यस वर्ष उनको यो पहिलो पदक पनि हो । गत वर्ष पनि सन्तोषले इङ्ल्यान्डमा सम्पन्न इङ्ल्यान्ड कराते फेडेरेसन ओपन कराते सिरिजमा रजत जितेका थिए । यस वर्षको सुरुआतमा पनि सन्तोषले आफ्नो पहिलो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पनि पदक जिते ।
प्रतिक्रिया