images

एकीकृत समाजवादीको महाधिवेशन ः आज समूह नेताको प्रस्तुति

काठमाडौं । नेकपाएकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनआजपनि जारी रहने छ । 
महाधिवेशनअन्तर्गत बुधबार दलको राजनीतिक दस्तावेज, समाजवादीकार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा आएका सुझाव पेश गर्ने कार्यक्रम रहेको छ ।
उक्तदस्तावेजबारे प्रतिनिधिहरुलाई १२ समूहमाविभाजन गरी छलफल गरिएको छ । छलफलबाट आएका सुझावलाई आजबिहान ११ बजे सुरु हुने बैठकमा टोली नेताले प्रस्तुत गर्नेछन् ।
समूहका टोली नेताको प्रस्तुति सकिएपछि दस्तावेज परिमार्जनसहितअनुमोदनहुने एकीकृत समाजवादीले जनाएको छ ।
महाधिवेशनमा देशभरबाट एक हजार ८४९ प्रतिनिधि छनोट सहमाभागी छन् । तीप्रतिनिधिले २९९ केन्द्रीय सदस्य, २१ पदाधिकारी चयन गर्नेछन् ।
विधान संशोधन गरी पार्टीको सम्मानित नेता, वरिष्ठ नेताको पद सिर्जना गरिएको छ ।
आइतवार सुरु भएको महाधिवेशननयाँ नेतृत्व चयन गर्दै भोलि समापनहुने एकीकृत समाजवादीले जनाएको छ ।

बुधबार १९ असार २०८१ ०३:२६ PM मा प्रकाशित

प्रतिक्रिया