images

बेलायतमा बिहीबार मतदान, हिन्दू मतदाता फकाउन मन्दीर दर्शनमा नेताहरु

काठमाडौं । बेलायतमामतदानको मितिनजिकिँदै गर्दा चुनाव रोमाञ्चकबन्दै गएको छ । अहिले त्यहाँको राजनीतिपनिहिन्दू मतदाता रिझाउनमाकेन्द्रीतभएको छ ।
बेलायतमाजुलाई ४ मा मतदानहुँदै छ ।  ५ करोड मतदाताभएपनि यस चुनावमाहिन्दूहरुको ठूलो भूमिका रहनेछ । यसबाट अनुमानलगाउन सकिन्छ कि दुई दिनअघि मात्र बेलायतमाकन्जरभेटिभ पार्टीका प्रधानमन्त्रीउम्मेदवार ऋषि सुनकआफ्नीश्रीमतीसँग स्वामिनारायण मन्दिर पुगेका थिए, जहाँउनले हिन्दू शब्दमानिकै जोड दिएकाथिए । 
पूजापछि सुनकले आफू हिन्दू भएको र आफ्नो आस्थाबाट प्रेरणा लिएको बताए । सुनकले भगवद्गीताको शपथलिएकोमा आफूलाई गर्व लागेको पनिबताए । 
सोही समयमा, सुनकको पाइला पछ्याउँदै, लेबर पार्टीका केयर स्टाररले किंग्सबरीको स्वामीनारायण मन्दिरमा पूजा गरे । उनले स्वामिनारायणको प्रशंसा गर्दै बेलायतमाहिन्दुफोबियाको कुनै ठाउँ नभएको बताए ।
सन् २०२२ को जनगणना अनुसार बेलायतमा १० लाखभन्दा बढी हिन्दू मानिस बस्छन् । सन् २०११ मा बेलायतको जनसङ्ख्याको डेढ प्रतिशतहिन्दू थिएभने सन् २०२१ मा यो प्रतिशत बढेर १.७प्रतिशतपुगेको थियो । 
क्रिस्चियन र मुस्लिम पछि हिन्दू तेस्रो ठूलो धर्म हो । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने, हिन्दू समुदायले बेलायतमाउद्योगपतिदेखि डाक्टर, इन्जिनियरसम्म हरेक क्षेत्रमा योगदान पु¥याएको छ । त्यहाँहिन्दू समुदाय सबैभन्दाप्रभावशाली समुदायहो । 
त्यसैले हिन्दूहरूले चाहेमा अन्य समुदायकामानिसहरूलाई प्रभावपारेर चुनावीनतिजा परिवर्तन गर्न सक्छन्,   जनगणनाका अनुसार अधिकांशहिन्दूहरू ग्रेटर लन्डन र दक्षिणमा बस्छन् । 
युनाइटेड किंगडम (युके)का अन्यतीन देशहरूमाहिन्दूहरूको जनसंख्या ५० हजार भन्दाकम छ । १९ औं शताब्दीको सुरुदेखि नै हिन्दूहरू युनाइटेड किंगडममा बसोबास गर्न थालेका थिए ।  

सन् २०१५ सम्मको तथ्यांकअनुसार बेलायतमाजम्मा १८९ हिन्दू मन्दिर छन् भने सन् २००१ सम्ममात्र १०९ मन्दिर थिए ।
बेलायतकाहिन्दूहरू विश्वास गर्छन् कि त्यहाँ ४२३ यस्ता संगठनहरू छन् जसले हिन्दूहरूलाई रीति–रिवाजहरू बारे सचेत गराइरहन्छ । भनिन्छ, सन् १९६० को दशकमा बेलायतमा राधा–कृष्ण मन्दिर नामको पहिलो मन्दिर बनेको थियो । बेलायतको सबैभन्दा ठूलो हिन्दू मन्दिर लन्डनस्थित स्वामीनारायण मन्दिर हो ।
चुनावअघि नै हिन्दूहरूले नयाँ सरकारका लागिआफ्नामागहरूबारे घोषणापत्र जारी गरेका छन् । बेलायतकाहिन्दूहरूले ३२ पृष्ठको घोषणापत्र बनाएको यो पहिलो पटक हो । हिन्दू संगठनहरूले भनेका छन्, यो घोषणापत्र सबै दलका राजनीतिज्ञहरूका लागिहो, जो आफ्नो मत प्राप्त गर्न चाहन्छन् । 
यो मस्यौदा ‘हिन्दु फर डेमोक्रेसी’ नामक संस्थाले जारी गरेको हो । उनीहरुको मुख्यमागमाहिन्दुहरु विरुद्धको घृणा बन्द गर्नु र मन्दिरको संरक्षण गर्नु परेको घटनापछि सबै दलका नेताहरुले हिन्दुहरुलाई रिसाउँने कोशिस गरिरहेका छन् ।
बेलायतमाप्रधानमन्त्रीबन्ने संख्या ३२६ रहेको छ, जुन पार्टीले यति धेरै सिट प्राप्त गर्छ उसले सरकार बनाउने छ । यहाँदशकौंदेखि अहिलेसम्म कन्जरभेटिभ पार्टी र लेबर पार्टीबीच कडा प्रतिस्पर्धा हुँदै आएको छ । 
बेलायतमा धेरै सदनहरू मिलाएर कुल ६५० सीटहरू निर्वाचित हुन्छन्, ३२६ सिट भएको पार्टी बहुमतमा आउँछ र सरकार बनाउन सक्छ । यहाँमतपेटिकामा भोट हालिन्छ । यहाँकहिल्यै इभिएमप्रयोगभएन । यो वर्ष बेलायतमा ५ करोड मतदातासहभागीहुनेछन् । निर्वाचनको मतदानबिहान७ बजेबाट सुरु भई राति ११ बजेसम्म चल्नेछ ।
कन्जरभेटिभ पार्टीबाट ऋषि सुनकप्रधानमन्त्रीको अनुहारमा छन्, तर लेबर पार्टीका नेता केयर स्टारर उनको विपक्षमा छन् । धेरै मत सर्वेक्षणहरूमा लेबर पार्टी सुनकको कन्जरभेटिभ पार्टी भन्दा धेरै अगाडि छ । 
मार्च पोलमा सुनकलाई ३८ रेटिङ दिइएको थियो, जुन सबैभन्दा खराब रेटिंग थियो । कन्जरभेटिभ पार्टीले आगामीचुनावमा १५५ सिटमात्रै पाउने प्रक्षेपण गरिको छ । 
पूर्व प्रधानमन्त्रीबोरिस जोनसनको नेतृत्वमा पार्टीले ४ सय ३ सिट पाउने दाबी गरिएको छ । १८हजार मानिसमा गरिएको सर्वेक्षण अनुसार वर्तमानप्रधानमन्त्री सुनकको पार्टीले ठूलो पराजयभोग्ने छ ।  
 

बुधबार १९ असार २०८१ ०२:१८ PM मा प्रकाशित

प्रतिक्रिया