images

माछापुच्छ्रे« एसआईपी योजनाको इकाई खरिदको आज अन्तिम दिन

काठमाण्डौं । एमीबएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे« एसआईपी योजना’को इकाई खरिदको आज अन्तिम दिन रहेको छ । यस योजनामा आवेदन दिन चाहने लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे« क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको इकाई बिक्री आवेदन गत मंसिर १४ गतेदेखि खुला गरिएको थियो । यस योजनामा कुल ५ करोड इकाई निष्कासन गरिएको हो, जसमा प्रथम चरणमा २ करोड इकाइको बिक्रीको लागि आवेदन खुला गरिएको छ ।कोष प्रवद्धक र योजना व्यवस्थापकका लागि १५ प्रतिशत अर्थात् ७५ लाख इकाई छुट्टाइएको छ, जसमा १४ प्रतिशत अर्थात् ७० लाख इकाई माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात् ५ लाख इकाई माछापुच्छ्रे क्यापिटललाई सुरक्षित राखिएको छ । यस योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु ९ आस्वा सदस्य का कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।धितोपत्र निष्कासन र बिक्री प्रबन्धकको रुपमा माछापुच्छ्रे क्यापिटल कार्यरत रहेको यो योजना नेपालको लगानी बजारमा एक आकर्षक अवसरको रुपमा हेरिएको छ ।
 

बुधबार १७ मंसिर २०८२ १०:५० AM मा प्रकाशित

प्रतिक्रिया