images

कर्मचारीको हितमाबोल्नेलाई कारवाहीको तयारी !

जुम्ला।जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी युनियनकाअध्यक्ष खगेन्द्र प्रसाद उपाध्यायलाई प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रारले कानूनविपरित निलम्बन गर्ने तयारी गरेको छ । प्रतिष्ठानमा बेथितिकाविषयमा सार्वजनिक रुपमाबोलेको भन्दै भन्दैनिलम्बनरजिष्ट्रारले निलम्बनको तयारी गरेको हो । 
प्रतिष्ठानको वेथितिलाई सुधार गर्नुपर्ने, कर्मचारीको हकहितको लागिपदाधिकारीले काम गर्नुपर्ने, पदाधिकारीहरु धेरैजसो काठमाडांै सम्पर्क कार्यालयमा बस्ने गरेको र कर्मचारीहरुको हकहितकाकामनगरेको, पदाधिकारीहरु काठमाडौंमा बस्दा प्रतिष्ठानको सेवाप्रवाहमा असर परेको भन्दै कर्मचारी युनियनकाअध्यक्षउपाध्यायले सामाजिक संजामापोष्ट गरेकै भरमा प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रारको मिलोमत्तोमा नियोजित रुपले निलम्बन गर्ने तयारी गरिरहेको प्रतिष्ठानका कर्मचारीहरुले सूचनादिएका छन् । 
आफु कर्मचारी युनियनको हैसियतले प्रतिष्ठान पदाधिकारीलाई जुम्लामै बसेर सेवादिनआग्रह गरी खबरदारी गरेको र कर्मचारीहरुको हकहितको आवाज उठाएकै कारण आफुलाई निलम्बनको तयारी भइरहेको सूचनाआएको अध्यक्षउपाध्ययले बताए । 
‘मैंले स्पष्टिकरण दिइसकेको छु । आफुले सामाजिक सञ्जालमाकथाका रुपमा लेखेको र यसबाट कोही कसैलाई चित्तनबुझेको भएमाफीमागिसकेको छु । तर जवाफचित्तनबुझेको भन्दै रजिष्ट्रारले एकलौटी रुपमाप्रतिशोधसाँधेरनिलम्बनको तयारी गरेका छन्,’उनले भने, ‘प्रतिष्ठानका रजिष्ट्रारले दुईबर्ष अगाडिसमाधानभइसकेको कुरालाई समेत जोडेर बारम्बार आफुमाथिप्रहार गरेको छन् ।’
उनले थपे,‘यदी पुरानो स्पष्टिकरण चित्तबुझेको थिएनभने किनदुई बर्षपछि उक्त कुरा नियम संगत नै उठाएको हो ।  कर्मचारी नियमावलीको नियम १०४ बमोजिमकुनैपनि कारबाहीगर्दा क्रमशः कारबाहीगर्दै जानुपर्नेमा आफूलाई सिधै नियम १०८ बमोजिम कारबाही गर्न लागेकामाआपत्तिप्रकट गर्दछु ।
निलम्बनकाविषयमाप्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले विषयनितान्तप्रशासनिक कुरा भएको हुँदायसबारे आफूलाई थाहानहुने बताए । प्रतिष्ठानको हितविपरित सामाजिक सञ्जालमा लेखेको भन्दै कारवाही गरेरै छाड्ने प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको तर्क छ । 
कर्मचारीको हकहितमाआवाज उठाउँदा कारवाहीगर्नेपदाधिकारीको तानाशाहप्रबृत्तिको प्रतिष्ठानका अन्य संघ संगठनले पनिविरोध गरि विज्ञप्ति जारी गरेका छन् ।  
यदीनियम १०८बमोजिम कारबाहीगर्नुपर्यो भने पनिकार्यकारी परिषदले गर्नुपर्ने प्रावधान छ । ब्यक्तिगत रुपमाकुनै ब्यक्तिले जवाफचित्तनबुझाउने भन्दापनिकार्यकारी परिषदमा छलफल पश्चातनिलम्बनको प्रक्रियामाजानु पर्ने ब्यस्थालाई मिचिएको उनको भनाइ छ ।
यस अघि हालकाउपकुलपति डा.मंगल रावलआफू प्रतिष्ठानमा चिकित्सकको रुपमाकार्यरत हँुदाउपकुलपतिलगायतपदाधिकारीलाई पटक पटक सामाजिक सञ्जालमाविरोध गर्ने गरेका थिए । 
उपकुलपति प्रतिष्ठानमा नबसेको भन्दै उपकुलपतिनिवासमाताला फुटाएर आफंै बसेका थिए । आफु कर्मचारीहुँदापदाधिकारीको ब्यापकविरोध गरेका डा.रावलपदाधिकारी भएपछि आफ्नो विरुद्धमा कसैलाई पनिवोल्न नदिने र बोलिहाले कारवाहीको धम्कीदिंदै आएको कर्मचारीहरुको गुनासो छ ।
 

बिहीबार २० असार २०८१ ०४:२० PM मा प्रकाशित

प्रतिक्रिया