images

कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा मानव वम निर्वाचित, नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना

सुर्खेत। कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। महासंघको तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा मानव वम निर्वाचित हुनुभएको छ। अधिवेशनले वमको अध्यक्षतामा नयाँ कार्यसमिति तथा पदाधिकारीहरूको सर्वसम्मत/बहुमतका आधारमा चयन गर्दै महासंघको नेतृत्व हस्तान्तरण गरेको छ।

​नवनिर्वाचित कार्यसमितिको विवरण निम्न अनुसार रहेको छ: ​पदाधिकारीहरू: ​अध्यक्ष: मानव वम, ​वरिष्ठ उपाध्यक्ष: प्रदीप खड्का,​उपाध्यक्ष: तुलाराज शाही (राज),​महासचिव: भरतबहादुर डाँगी​सचिव: नवीनकुमार थापा, ​कोषाध्यक्ष: मनोजकुमार सिंह, सहकोषाध्यक्ष: सिमिला खड्का

कार्यसमिति सदस्यहरू: मनबहादुर चन्दणा, ​ठानबहादुर भण्डारी, ​रतनबहादुर शाही, ​खड्कबहादुर शाही, ​पिछडिएको क्षेत्र सदस्य: ध्वजबहादुर शाही नवनिर्वाचित अध्यक्ष मानव वमसहित सम्पूर्ण पदाधिकारी एवं कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको छ।

​नवनिर्वाचित नेतृत्वले निर्माण व्यवसायीहरूको हक-हितको संरक्षण, संस्थागत सुदृढीकरणका साथै कर्णाली प्रदेशको समग्र निर्माण तथा भौतिक पूर्वाधार विकासको क्षेत्रमा प्रभावकारी र अनुकरणीय भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

मङ्गलबार १९ साउन २०८३ ०९:०७ PM मा प्रकाशित

प्रतिक्रिया