images

यातायात व्यवस्थापनका लागि सुचना प्रविधिको उपयोग बढाउनुपर्ने ः मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापनका लागि सुचना प्रविधिको उपयोग बढाउनु पर्नेमा जोड दिएका छन् ।सोमबार ललितपुरमा भएको काठमाडौ उपत्यकाको यातायात व्यवस्थापनका बारेमा जाईकाले गरेको अध्ययन बारेको कार्यक्रमलाई संवोधनका क्रममा उनले प्रविधिमा आएको विकास र परिवर्तनबाट नेपालले पनि लाभ लिन सक्नुपर्ने बताएका हुन् । छिटो, छरितो र गुणस्तरीय सेवा उपलव्ध गराउन नविन प्रविधी र शैलीलाई अनुशरण गर्नु पर्ने मन्त्री दाहालको भनाई छ । अब परम्परागत रुपबाट मात्र काम गरेर स्तरीय सेवा प्रवाह गराउन सकिने अवस्था नरहेको भन्दै मन्त्री दाहालले प्रविधिमा आएको विकास र रुपान्तरणलाई उपयोग गर्न सक्नु पर्नेमा जोड दिएका छन् । यातायात व्यवस्थापनका लागि कुनै एक मन्त्रालय र निकायको पहल र प्रयास मात्र पर्याप्त नहुने भन्दै मन्त्री दाहालले अन्तरनिकाय सम्वन्ध र सहकार्यलाई समेत बढाउनु सक्नु बताए ।मन्त्री दाहालले नेपालको विभिन्न क्षेत्रको विकासमा जाईका तथा दातृनिकायहरुले गर्दै आएको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्य रहने विश्वास व्यक्त गरे ।  जाइकाका नेपाल प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाललाई सहयोग गर्न पाउदा जापान खुशी रहेको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने उल्लेख गरे ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव शुशिलबाबु ढकालका अनुसार जाईकाले तीन वर्ष भन्दा लामो समय लगाएर काठमाडौको शहरी यातायात व्यवस्थापनका बारेमा अध्ययन् गरेको हो ।ट्राफिक लाइट तथा ईन्टरसेक्सन व्यवस्थापन लगायतका बारेमा जाईकाले विभिन्न गाईडलाईन सहित सुझाव समेत दिएको छ ।
 

सोमबार १९ साउन २०८२ ०२:४६ PM मा प्रकाशित

प्रतिक्रिया