images

आजको मौसम ः चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको छ ।जसका, कारण हाल देशभर अधिकांश बदली रहेको छ भने कोशी  र कर्णाली प्रदेशका केही र बाँकी भूभागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार, आज दिउँसो देशभर अधिकांश बदली रहनुको साथै कोशी र मधेस प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।आज राति पनि देशभर मौसम अधिकांश बदली रही कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भूभागका एक दुई स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भने भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
 

मङ्गलबार २० साउन २०८२ १०:२३ AM मा प्रकाशित

प्रतिक्रिया