images

बकैयाका बाढीपीडितलाई राप्रपाले पठायो राहत सामाग्री

हेटौंडा ।गतअसोज ११–१२ गतेको अविरल बर्षा र बाढीले घरबार बगाएका बकैयाका पीडितलाई राप्रपामकवानपुरले राहत सामाग्री पठाएको छ । 
मकवानपुर क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्यएवं राप्रपाका नेतादिपकबहादुर सिंहले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडित जनतालाई राहतउपलब्ध गराउन सम्राट सिंहको नेतृत्वमा राहत संकलन गरि खाद्यान्न, त्रिपाल र लत्ताकपडा  शनिबार  १ ट्याक्टर सामाग्री बकैया पठाएको हो । 
राहत संकलनकै क्रममा राप्रपाका हेटौंडा उपमहानगरपालिका वडा न.६ का नेताहरु केदार राई र सुनिलथापाको सक्रियतामाथप राहत सामाग्री संकलन गरि शनिबार जिल्ला कमिटीमार्फत बाढीपीडितलाई सामाग्री पठाएको छ । 
०७९ को स्थानीयनिर्वाचनमा वडा अध्यक्षकाप्रत्यासी समेत बनेका नेता राईका अनुसार ६ नम्बर वडाका विभिन्नव्यक्तिहरुको सहयोगमा ३१ हजार ३सय ३ रुपैयाँ बराबरको १० बोरा चामल, १ बोरा आलु, १ बोरा नुन, तेल र लत्ताकपडा पठाईएको हो ।
 

शनिबार १९ असोज २०८१ १२:३९ PM मा प्रकाशित

प्रतिक्रिया