काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोस्रो दिनबुधबार खरना मनाइँदै छ । चार दिनसम्ममनाइने छठ पर्वको मुख्यविधिआज खरना मनाउनलागिएको हो । सन्तानप्राप्ति, निरोगिता, सुख, समृद्धी र चर्मरोग निको हुने जनविश्वासका साथश्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन खरना मनाइने गरिन्छ। शुक्लपञ्चमीतिथीको दिन खरनामापूजा गरे पापको क्षय हुने जनविश्वाससमेत रहेको छ। सन्ध्याकालीनअघ्र्य दिनुभन्दा एक दिनअघि हुने खरनामाब्रतालुहरु दिनभर ब्रत बसेर साँझको समय नुहाइधुवाइ गरी माटोको नयाँचुल्होमा प्रसाद बनाउने गर्दछन् । गाइको गोबरले लिपपोत गरी कुलदेवता रहेको घरमा चामलको पिठोले अरिपन दिएर ब्रतालुहरु पूजापाठ गर्ने गर्दछन् । खरनाकादिन घरका सबै सदस्यतथा छिमेकीहरु जम्माभई प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ। खरना दिनदेखि ब्रत बसेकाब्रतालुहरुले सप्तमीतिथीको दिनउदाउँदै गरेको सूर्यलाई अघ्र्य दिइसकेपछि छठ पर्व सम्पन्न हुन्छ। खरनालाई छठपर्वको मुख्यविधिको रूपमा लिइन्छ । खरनामा प्रसादको रूपमाविशेषतः केरा र सख्खरमा तयार पारिएको खीर रहने गरेको छ। खरना तथा छठ पूजाकालागि सामग्रीतयार गर्दा शुद्धतालाई विशेष ध्यानदिइने गरिन्छ। पूजन सामग्री शुद्ध नभए अनिष्ट हुने जनविश्वास रहेको छ। सूर्य उपासना गर्ने संसारमा छठ एकमात्र यस्तो पर्वहो जसमा अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गरिन्छ। खरनापछि तेस्रो दिन साँझदिइने अघ्र्यका लागिब्रतालुहरू रातिबाटै पूजन सामग्रीतयार गर्न जुट्दछन् । चामल र गहुँको पिठोले तयार पारिने ठेकुवा, भुसुवा, खजुरका साथै केरा, उँखु, स्याउ, नरिवललगायतकाफलफूल छठ पर्वको प्रमुख प्रसादको रुपमा रहेका छन् ।
प्रतिक्रिया