गल्कोट समाज जापान कान्साई क्षेत्रिय समितिको आधिवेशन हुदैं

ओसाका, जापान । गल्कोट समाज जापान कान्साई क्षेत्रिय समितिको सातौं आधिवेशन हुने भएको छ । सन २०१२ मा स्थापना भएको गल्कोट समाज कान्साईको पुरानो नेपाली समाज हो । अधिवेशनमा समाजको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिने समाजका सचिव कौशल बोहोराले जानकारी दिनु भयो ।

कार्यक्रम ओसाकामा रहेको जिग्री दोहोरी साँझमा  जुन १७ मा हुने बताइएको छ । अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्न गौरी शंकर गैरेको संयोजकत्वमा ५ सदस्य निर्वाचन कमिटि समेत गठन भएको समाजका अध्यक्ष रामु सहानीले जानकारी गराउनु भयो । कार्यक्रममा सबै नेपाली तथा गल्कोटबासीहरुलाई सहभगिताको लागि अध्यक्ष सहानीले अनुरोध गर्नु भइको छ ।