images

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने कांग्रेसको निर्णय 

काठमाडौं । नेपालीकांग्रेसले प्रधानमन्त्रीपुष्पकमलदाहाल‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । 
शनिबार पार्टी सभापति शेर वहादुर देउवाको सभापतित्वमा बसेकोकांग्रेस संसदीयदलको बैठकले मिति २०८१ असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीदाहालले विश्वासको मतको प्रस्तावकार्य सूचीमा समावेश गर्न मागभएकाले उक्त प्रस्ताव निर्णयार्थ पेश हुँदा प्रस्तावको विपक्षमामतदान गर्ने निर्णय कांग्रेसले निर्णय गरेको हो ।
त्यस्तै बैठकले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वपहिलो पटक नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओली र दोस्रो पटक नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने सहमतिभएको पनि स्पष्ट पारेको छ । 
‘नेपालीकांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासनकायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रतादिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिकालागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्वपहिलो पटक नेकपा (एमाले) का अध्यक्षमाननीय के.पी. शर्मा ओली र दोस्रो पटक नेपालीकांग्रेसका सभापतिमाननीय शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्तगर्दछ,’ प्रमुख सचेतक रमेश लेखकद्धारा जारी विज्ञप्तिमा भनिएको छ । 

आइतबार​ २३ असार २०८१ ०३:३९ PM मा प्रकाशित

प्रतिक्रिया