जनकपुर । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित लामो समयदेखि विवादित रहेको यादवचौक नाम लाई हटाएर श्रीरामचौक राख्ने निर्णय भएको छ ।गत चैत्तमा धनुषाको सबैला नगरपालिकास्थित भठिहन भन्दा करिब १०० मिटर दक्षिण रहको चौबाटोलाई केही उदन्ड प्रवृतिका व्यक्तिहरुले यादवचोक लेखिएको बोर्ड राखेपछि विवाद सृजना भएको थियो ।सो क्रममा झडप हुँदा कयौं व्यक्ति घाईते भएका थिए । स्थिती नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीलागेर एक युवक गम्भिर घाईते हुन पुगेका थिए । ती युवकको अहिले पनि उपचारर भईरहेको छ ।विवाद अन्त्य गर्न सबैला नगरपालिकाका मेयर कारिराम यादवले दुई महिनाभित्रै सो चोकको नामाकरण गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।डा नं. ९ का वडाध्यक्ष मनिष राय अमातको नेतृत्वमा बसेको सर्व पक्षिय बैठकबाट सो चोकको नाम श्रीराम चौक राख्ने निर्णय भएको छ । बैठकले चौकमा ‘श्रीराम चौक’ लेखिएको संकेत बोर्ड सार्वजनिक रूपमा राख्ने र सो बोर्डमा रामघाटतर्फ, कोल्लुवा मोड, र सतोश्वरधाम जाने दिशाहरू स्पष्ट रूपमा उल्लेख गरिने निर्णय गरेको छ । बोर्ड स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा अनावरण गरिने जनाइएको छ ।
प्रतिक्रिया