टोकियो, जापान — नेपाली जनसम्पर्क समिति जापानको ऐतिहासिक सातौँ महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। महाधिवेशनले राजेन्द्र प्रसाद जमरकट्टेललाई सभापतिमा सर्वसम्मत निर्वाचित गर्दै नयाँ कार्यसमिति गठन गरेको निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रमुख अतिथिका रुपमा भर्चुअल जुम बिधीद्धारा सम्बोधन गर्नुभएको थियो भने केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि अजयबाबु शिवाकोटी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
नवनिर्वाचित कार्यसमितिको उपसभापतिहरूमा रामजंग कार्की (कान्तो), रेशम कुमार डंगोल (शिजुओका), डिका कार्की (फुकुओका), पोषकान्त न्यौपाने (किता कान्तो), हरि प्रसाद कँडेल (ओसाका), सुशील पौडेल (नागोया) र युवराज गुरुङ (कान्तो) चयन भएका छन्। त्यसैगरी महिला उपसभापतिमा सावित्री लामा (सेन्दाई) र अनिता गुरुङ लामा (टोकियो) निर्वाचित भएका छन् भने विराट खनाल र अशोक शर्मा (गोपाल) महामन्त्रीको जिम्मेवारीमा चयन भएका छन्।
सह–महामन्त्रीमा रामप्रसाद बास्तोला, दिपेश खत्री, कुशल धिताल, घनश्याम कँडेल, बिनोद तामाङ, प्रिन्सेस खरेल (महिला), विमान सिंह मोक्तान, सुरेश सापकोटा, चित्रबहादुर गुरुङ, शिवकुमार श्रीस मगर, शम्भु केसी, धिरेन्द्र बम ठकुरी, दिनेश अधिकारी, शिव पौडेल र रोशन निरौला निर्वाचित भएका छन्। कोषाध्यक्षमा यमकान्त कँडेल तथा सह–कोषाध्यक्षमा सन्देश अधिकारी र महेन्द्र सुवेदी (सुमन) चयन भएका छन्। महिला सह–कोषाध्यक्ष पद भने पछि मनोनयन गरिने जनाइएको छ।
महाधिवेशनले केन्द्रीय सदस्य पदमा सागरप्रसाद कँडेल, राजेश खनाल, श्यामहरि तिम्सीना, सन्तोष ढकाल, अर्जुन सुवेदी, टिकाराम कँडेल, देवबहादुर पुन, पवित्रा देवकोटा रेग्मी (पवी), गणेशबहादुर बिष्ट, वसन्त आचार्य, भीमबहादुर घर्ती (अनुप), ईश्वरी अधिकारी, गणेशजंग रायमाझी, सन्तोषबहादुर मल्ल, भरत गुरुङ, दिनेश सापकोटा, असिम खनाल, दुर्गाप्रसाद गैरे, सुवास पाण्डे, राजन ढकाल, रेशम केसी, प्रविण कँडेल तथा संघर्ष सुवेदीलाई सर्वसम्मत चयन गरेको छ।
यसैबीच महाधिवेशनले नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरू पनि चयन गरेको छ। महासमिति सदस्य/महाधिवेशन प्रतिनिधिमा राजेन्द्र प्रसाद जमरकट्टेल र पिताम्बर चापागाईं चयन भएका छन् भने महाधिवेशन प्रतिनिधिहरूमा रामकृष्ण बम मल्ल, लालबहादुर केसी (रोशन), नारायणप्रसाद सुवेदी, डा. बलराम श्रेष्ठ, दण्डपाणी कँडेल (डीपी), भूपी गोविन्द श्रेष्ठ, रामजंग कार्की, रेशम कुमार डंगोल, सावित्री लामा (लक्ष्मी), पेम्बा लामा, नवराज थापा र शम्भु केसी चयन भएका छन्।
निर्वाचन समितिले सर्वसम्मत रूपमा निर्वाचित सम्पूर्ण पदाधिकारी, सदस्य तथा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधिहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। सातौँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएपछि जापानस्थित नेपाली कांग्रेससमर्थकहरूको संगठनलाई थप सुदृढ, सक्रिय र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया