images

प्रचण्डको सामाजिक सञ्जालबारेको स्टाटसमा मेयर बालेनको कटाक्ष ः ‘एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गर्दै आइतबार सामाजिक सञ्जालमै स्टाटस लेखेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीव्र टिप्पणी गरेका छन् ।प्रचण्डले फेसबुकमा लेखेका थिए, ‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ । सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ ।’उनको यही स्टाटसमाथि प्रतिक्रिया जनाउँदै मेयर बालेन शाहले विगतको प्रसंग उठाउँदै प्रचण्डलाई प्रत्यक्ष कटाक्ष गरेका छन् । बालेनले प्रचण्डको पोष्टको कमेण्टमा लेखेका छन्, ‘एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो। हजुर प्रधानमन्त्री हुँदा पनि म मेयर नै थिए, काम हजुरबाट पनि केही भएन कमरेड! मेरो लागि एक दिन दिइएको भए म काठमाडौँको खोला नाला फेरिदिन्थे।’बालेनको उक्त टिप्पणी सामाजिक सञ्जाल प्रयोगकर्तामाझ व्यापक चर्चा र सेयरको विषय बनेको छ । केहीले बालेनको टिप्पणीलाई प्रचण्डको नेतृत्वप्रति असन्तुष्टि र जवाफदेहिताको मागको रूपमा व्याख्या गरेका छन् भने केहीले राजनीतिक तहमा हुने खुला संवादको सकारात्मक संकेतका रूपमा पनि हेरेका छन् ।सरकारले हालैको केही दिनदेखि सामाजिक सञ्जालमा बन्देज लगाएको र त्यसको विरुद्धमा राजधानी काठमाडौं लगायतका स्थानमा विरोध प्रदर्शन भइरहेका छन् । यो विषय राजनीतिक वृत्तदेखि आम नागरिकसम्म चासोको विषय बनेको छ ।
 

सोमबार २३ भदौ २०८२ १०:३५ AM मा प्रकाशित

प्रतिक्रिया