सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु

 काठमाडौँ - सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभामा आज मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदै छन् । 

यसअघि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बैठक ४ बजेका लागि सारिएको थियो ।

सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेको छ । तर अन्तिम समयमा दिन सक्ने एमाले नेताहरुले बताएका छन् ।