उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित, अब भोलि बिहान बस्ने

काठमाडौँ - उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ । बिहीबार बोलाइएको बैठक नेताहरूको कार्यव्यस्तालाई देखाउँदै शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।

बैठक स्थगीत भएपछि सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो । छलफलपछि प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ९ बजे संयन्त्रको बैठक बस्ने जानकारी दिए ।

सरकारलाई सहयोग गर्ने भन्दै सत्ता साझेदार दलले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो । संयन्त्रको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा साथै राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुने बताइएको छ ।