'प्रधानमन्त्री र राष्ट्रपति दुवै पद एमालेले लिए संवैधानिक दुर्घटना निम्तिन सक्छ' : रमेश लेखक

काठमाण्डौँ - नेपाली कांग्रेसका नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सबैभन्दा बढी मतभार भएको पार्टीले राष्ट्रपति पदमा आँखा लगाउनु स्वाभाविक भएको बताएका छन् ।

‘अहिले राष्ट्रपतिका लागि कुनै पार्टीको एकल बहुमत छैन । तर नेपाली कांग्रेस संघीय संसद् र प्रदेश सभा दुवैमा सबभन्दा बढी मतभार भएको पार्टी हो । सबभन्दा जसको बढी मतभार भएको पार्टीले आँखा नलगाउने हो भने कसले आँखा लगाउने त रु’ नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै लेखकले प्रतिप्रश्न गरे ।
कांग्रेसले प्रस्ताव गरेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु मुलुकको आवश्यकता भएको पनि उनले औंल्याए । लेखकले थपे, ‘संविधानको रक्षा र सार्थक कार्यान्वयन अहिलेको आवश्यकता हो । प्रतिनिधिसभाको पहिलो बैठकमै जुनसुकै बेला संसद् विघटन हुन सक्छ भन्ने अभिव्यक्ति आउनु खतरानाक संकेत हो । एमालेकै सहयोग र समर्थनमा प्रधानमन्त्री र राष्ट्रपति हुने हो भने संसद विघटन हुन सक्छ । व्यवस्था धरापमा पर्न सक्छ । मुलुक अन्योल र अनिश्चिततामा फस्छ । त्यस्तो संवैधानिक दुर्घटना हुन नदिन माओवादी पनि सचेत हुनुपर्छ ।’