रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयमा अनुसन्धान सुरु

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयको अनुसन्धान अघि बढेको छ । युवराज सफलले प्रहरीले पासपोर्टको अनुसन्धान अघि नबढाएको भन्दै सरकारी वकिल कार्यालयमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको हो ।

प्रहरी र सिडिओ कार्यालयमा परेको उजुरीका विवरणहरु पनि मगाएर अनुसन्धान अघि बढाइएको बताइएको छ । ती कागजात आइसकेपछि के –कसरी अघि बढ्ने भन्नेबारे छलफल हुनेछ । यसअघि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले पुनः नागरिकता लिनुपर्नेदेखि मन्त्री र सांसद पद नै खारेज हुने फैसला गरिसकेको थियो ।

२०५० साल फागुन १० गते काठमाडौंबाट नागरिकता लिएका लामिछानेको ०७० फागुन ११ गते अमेरिकी नागरिकता लिएको पुष्टी भएको थियो । त्यसपछी ०७१ जेठ २१ मा नेपाल आएपनी अमेरिकी नागरिकता लिइसकेपछि पुरानो नागरिकताकै आधारमा ०७३ जेठ १३ गते नेपाली राहदानी लिएको विषयमा अहिले लामिछानेमाथी फौजदारी कसुरमा अनुसन्धान भइरहेको छ ।