काठमाडौँ - हुम्लामा खाद्यान्न अभाव भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न थप नगर्दा खाद्यान्न समस्या भएको हो ।
यसका साथै जिल्लाले माग गरेको थप १५ हजार क्विन्टल खाद्यान्न कोटामा पनि लिमिटेडले ध्यान नदिँदा समस्या भएको हो ।
अहिले शाखाको गोदाममा तीन सय क्विन्टल खाद्यान्न मात्र मौज्दात रहेको र यतिले बिक्री वितरण गर्न नसकिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले जनाएको छ ।