images

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसदकोप्रतिनिधिसभाको बैठक आज बस्दैछ ।  
बिहान ११ बजे बस्ने बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । 
बैठकमा प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । 
त्यस्तै, अर्थमन्त्रीवर्षमानपुनले राष्ट्रियसभामा उत्पत्तिभएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावितकार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । 
त्यसैगरी, बैठकमा ऊर्जा, जलस्रोत तथासिँचाइमन्त्रीशक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमाउल्लेख छ ।

 

मङ्गलबार २५ असार २०८१ ०१:३२ PM मा प्रकाशित

प्रतिक्रिया