महिला टी-२० विश्वकप क्रिकेट आजदेखि सुरुहुँदै

काठमाण्डौँ - आईसीसी महिला टी २० विश्वकपको आठौं संस्करण आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ। उद्घाटन खेल राति पौने ११ बजेदेखि आयोजक दक्षिण अफ्रिका र श्रीलंकाबीच हुनेछ ।  

१० टोलीको सहभागिता रहेको टी २० विश्वकप दक्षिण अफ्रिकाको आयोजनामा ​​हुँदैछ । १७ दिने प्रतियोगिताको फाइनल खेल २६ फेब्रुअरीमा केप टाउनमा हुनेछ । १० टोलीलाई ५,५ गरी दुई समूहमा विभाजन गरिएको छ । फागुन २१ गतेसम्म १० टोलीबीच समूह चरणका २० खेल हुनेछन्। समूह चरणका केही खेल साँझ पौने ७ बजे र केही राति पौने ११  बजे सुरु हुनेछन् ।

दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्। फेब्रुअरी २३ र २४ का दुवै सेमिफाइनल र त्यसपछि फाइनल २६ फेब्रुअरीमा केप टाउनको न्युल्यान्ड्स मैदानमा हुनेछ। सबै नकआउट खेलहरू साँझ पौने ७ बजे सुरु हुनेछन् । समूह १ मा ५ टोली र बाँकी ५ टोली समूह(२ मा परेका छन्।