images

चर्चित गायक उर्गेन दोङको कन्सर्ट जापानका विभिन्न शरहमा हुदैं 

ओसाका, जापान । नेपाली संगीत जगतका चर्चित गायक उर्गेन दोङ जापानका विभिन्न शरहमा हुने कन्सर्टका लागि आउने भएका छन ।  खुर्पेटो इन्टरटेन्मेन्टको आयोजनमा हुन लागेको सांगितिक कन्सर्ट  जापानका मुख्य शहरहरुमा गायक दोङ तथा गायीका बेनिसा पौडेलले प्रस्तुती दिने खुर्पेटोका सिइओ अनुप काउछा भीमले जानकारी दिनु भयो ।

जापानको नागोयामा यही अप्रिल ६, टोकीयोमा अप्रिल १३, फुकुओकामा अप्रिल १५ र ओसाकामा अप्रिल अप्रिल १८ तारिकमा हुने आयोजक सुवास कडेंलले जानकारी दिनु भयो । 

 


उर्गेन दोङको गायनमा रहेको मिठास र गहिराईले धेरै दर्शकलाई मन्त्रमुग्ध पार्ने छन । गायक दोङका लजालु मायाले गाजलु, टाढा भएपनि, माया तितो मिठो, शैया र अहिले हविवि लगायतका गितहरु निकै चर्चित छन् । गायक दोङ मुख्यतः लोक र आधुनिक संगीतको मिश्रण गर्नुहुन्छ । उहाँका गीतहरू प्रायः भावुक र जनजीवनसँग जोडिएका हुन्छन् ।
 कार्यक्रमको टिकट जापानमा स्थापित प्राय नेपाली किराना पसल तथा रेष्टुरेन्टहरुमा पाइने आयोजकले राज थिङले बताउनु भयो । 
 

सोमबार २६ फागुन २०८१ ०६:३४ PM मा प्रकाशित

प्रतिक्रिया