images

बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समितिको अभिभावक सम्मान कार्यक्रम सम्पन्न 

ओसाका, जापान । बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समितिले जापान भ्रमणमा आउनु भएका बाग्लुङ जिल्ला बिहुँकोट निवासी आमाबुबाहरुका लागि अतिथि भेटघाट तथा अविभावक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

जापान भ्रमणमा रहनु भएका बिहुँकोट समाज जापानका आजिवन सदस्य अधन्दरकडेलका बुवा खडानन्द कडेल र उहाकी आमा मुमा देबी कडेल, समाजका आजिवन सदस्य हिमलाल कडेलकी आमा कौशिला कडेल तथा समाजसेवी चक्रपाणी कडेलको परिवारलाई सम्मान गरेको हो ।

समाजका अध्यक्ष बलबहादुर कडेल क्षेत्री मुकेशको अध्यक्षतामा भएको कार्यक्रममा बिहुँकोट समाजका जापानका विष्शिट परिषद् सदस्य इन्द्रलाल सुवेदीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई शुभकामना मन्तव्य प्रमुख अतिथी इन्द्रलाल सुवेदी, समाजसेवी टिकाराम कडेलले दिनु भएको थियो, स्वागत मन्तव्य समाजका उपाध्यक्ष लक्ष्मण न्यौपानेले दिनु भएको थियो भने कार्यक्रमको सहजिकरण समाजका सचिव लक्ष्मण कडेंलले गर्नू भएको थियो । समाजले सोही अवसरमा विविध भजनकृतनको कार्यक्रम समेत आयोजना गरेको थियो । 

बिहीबार २७ चैत २०८१ ०८:५९ AM मा प्रकाशित

प्रतिक्रिया