खालिस्तान अभियन्ता अमृतपालका सल्लाहकार पप्पलप्रित पक्राउ

नयाँ दिल्ली - खालिस्तान समर्थक अमृतपाल सिंहका सल्लाहकार पप्पलप्रित पक्राउ परेका छन्। अमृतपालका नजिक रहेर काम गर्दै आएका उनलाई पञ्जाब प्रहरीले पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। 


प्रहरीले अमृतपाललाई भने पक्राउ गर्न सकेको छैन। अलग अलग स्थानमा बस्दै आएका उनलाई प्रहरीले हालसम्म ट्रेस गर्न नसकेको समाचारमा उल्लेख छ। नेपालस्थित भारतीय दूतावासले खालिस्तान अभियन्ता अमृतपाल नेपालमा लुकेको भन्दै पक्राउ गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।

पञ्जाबलाई खालिस्तान बनाउने उद्घोष गरेका अमृतपालविरुद्ध प्रहरीले गत १८ मार्चदेखि सर्च अभियान सुरु गरेको थियो। यसबीचमा प्रहरीले उनका सायौं समर्थकलाई पक्राउ गरिसकेको छ। 

पप्पलप्रितको पक्राउले नयाँ 'क्लु' खुल्ने विश्वास प्रहरीको छ।

(अन्नपूर्ण)