images

चार संसदीय समितिको बैठक बस्दै 

काठमाडौं । संघीय संसद अन्तर्गत चारवटा संसदीयसमितिको बैठक आज बस्दैछ ।
आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, महिलातथा सामाजिकमामिला, पूर्वाधार विकास र विकास, आर्थिक मामिलातथा सुशासन समितिको बैठक बस्दैछ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अङ्गदान र प्रत्यारोपण सम्बन्धीविद्यमानअवस्था, समस्यातथाचुनौती र भावीकार्यदिशाबारे छलफल हुनेछ ।
त्यस्तै, महिलातथा सामाजिकमामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राज्यको मूलप्रवाहमादलित समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा राष्ट्रिय दलितआयोगले खेल्दै आएको भूमिकाकाबारेमा छलफल हुने जनाइएको छ ।
यसैगरी, बिहान ११ बजे सिंहदरबारमा बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको आन्तरिक छलफल हुने कार्यसूची रहेको छ ।
विकास,आर्थिक मामिलातथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा काठमाडौंउपत्यकाभित्रखानेपानीको उत्पादन, वितरण एवं एवं सहजआपूर्तिको लागि देखिएका समस्या, चुनौतीलगायतकाविषयमा छलफल हुनेछ ।
 

बुधबार २६ असार २०८१ ११:२४ AM मा प्रकाशित

प्रतिक्रिया