images

एमाले र कांग्रेसले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने’

काठमाडौं । नेकपा एमालेले कांग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने निर्णय गरेको छ । 
बुधबार बसेको सचिवालय बैठकपछि पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र परिणाम दिन सक्ने मन्त्रीहरुको टिमलाई सरकारमा पठाउँने निर्णय भएको जानकारी दिएका छन् ।  
उनले भने, ‘पर्सि २८ गते प्रधानमन्त्रीको विश्वासको मत सँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । हामीले सरकारमा पठाउँने मन्त्रीहरु लगायतका बारेमा पछि थप छलफल गर्ने छौं । अहिलेको हकमा हामीले एउटा सक्षम र परिणाम दिन सक्ने टिमलाई पठाउँनुपर्छ भन्ने सामान्य नीतिगत निर्णय गरको छौं । सामान्यतया नेकपा एमाले र कांग्रेसले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने छ ।  यो राष्ट्रिय सहमतिको अभियानमा जोडिन चाहने अरू दलहरूलाई पनि हैसियत अनुसार स्थान दिने कुरामा सकारात्मक छौं ।’
उनले भ्रष्टाचारको फाइल खोलेपछि सत्ता समिकरण फेरियो भनेर प्रधानमन्त्री र गृहमन्त्रीले गलत हल्ला फैलाएको भन्दै भ्रष्टाचारको फाइल खोल्न कसैले पनि नरोकेको बताए । 

बुधबार २६ असार २०८१ ०९:१६ PM मा प्रकाशित

प्रतिक्रिया