काठमाडौँ । राष्ट्रिय सरोकार समितिले अङ्गदान र प्रत्यारोपण सम्बन्धीचुनौती र भावीकार्यदिशाकाबारेमा छलफल गरेको छ ।
बुधबार सिंहदरबार स्थित राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले अङ्गदान र प्रत्यारोपण सम्बन्धीविद्यमानअवस्था समस्यातथाचुनौती र भावीकार्यदिशाविषयमा सरोकारवालाहरुसँग छलफल गरेको हो ।
बैठकमा शहीदधर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाकार्यकारी निर्देशक डा.पुकार श्रेष्ठले अङ्गदान र प्रत्यारोपणको भवननिर्माणका लागि सरकारसँग माग गरेको जग्गाअझै उपलब्धहुननसकेको गुनासो गरेका छन् ।
उनले आफ्नो प्राविधिक काम भएतापनि सरकारले गर्नुपर्ने साना–साना कुरा पनि पूरा गर्न नसकेको भन्दै उनले उदाशिलता र चलखेलको चपेटामा प्रत्यारोपण केन्द्रहरु परेको बताए ।
उनले भने,‘वर्षमा २ सय भन्दा बढिको ज्यानबचाउँने संस्थालाई एउटा जग्गागतिलो नदिने एउटा भवननबनाइदिने हाम्रो संस्थाबाट सरकारले जग्गादियो भने तीन सय बेडको भवननिर्माण गछौ पनिभने तर भएन रोकिन पर्ने कारण छैन् । सानो तिनो स्वार्थको लागियति ठूलो कुरा रोकिन्छ यो देशमा । आफ्नो प्राविधिककामचाँही गरियो तर सरकारले गर्नुपर्ने साना साना कुरामापनियति धेरै समस्याकिन?सरकारले कर्मचारीले काम गरे कि गरेन सोध्छ तर मैले सरकारलाई सोध्ने मौका छ । यो गर्न उदासिनताकिन के को चलखेल छ ?’
डा. श्रेष्ठले सम्बन्धित मन्त्रालयका मन्त्रीसँग बारम्बार अनुरोध गर्दा समेत सहयोग प्राप्त गर्न नसकेको बताए । जग्गाउपलब्धभए छ महिनामातीन सय बेडको भवननिर्माण र प्रतिष्ठान बनाइदिए देशभरी चाहिने जनशक्तिउत्पादन गर्ने उनको दाबी छ ।
उनले भने,‘मैलै मन्त्रालयमागएर पनि कुरा धेरै राखे कानुनमन्त्रालयधाएत्यहाँपनिचलखेल छ । मलाई जग्गाउपलब्ध गराइदिनु होला म छ महिनामातीन सय बेडको भवनबनाएर देखाउने छु । प्रतिष्ठान बनाइदिनुहोलादेशभरी चाहिने जनशक्ति म उत्पादन गरेर देखाउँछु ।’
प्रतिक्रिया