रौतहट । सर्लाहीको बलरा नगरपालिकाले कार्यपालिका सदस्यको निधनमा आज ( आइतबार) एक दिनका लागि शोक बिदा दिएको छ । बलरा नगरपालिकाका प्रमुख रामाशंकरप्रसाद कुशावाहाले सूचना जारी गर्दै आज एक दिन नगरपालिका, वडा कार्यालयसहित मातहतका सम्पूर्ण कार्यालय बन्द रहने जानकारी दिएका छन् ।मोटरसाइकलले ठक्कर दिँदा बलरा नगरपालिका ११ छतौनाकी दलित वडा सदस्य चन्दा देवी बैठाको शुक्रबार निधन भएको थियो ।
नगर प्रमुख कुशावाहाले वडा सदस्य बैठाको निधन प्रति दुःख व्यक्त गर्दै नगरपालिकाभित्र बिदा दिइएको हो । ५५ वर्षीया चन्दा देवीको गाउँमै मोटरसाइकलको ठक्करबाट निधन भएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया