रौतहट । रौतहट प्रशासनले जिल्लाभर अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (क) बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) बिनोद कुमार खड्काले अर्को आदेश नआउन्जेलसम्मका लागि कफ्र्यू आदेश जारी गरेका हुन् ।रौतहट जिल्ला भित्र कसैले आवत जावत गर्न कुनैपनि प्रकारको भेला, जुलुस, प्रदशन, सभा, बैठक र घेराउ गर्न नपाउने गरि कफ्र्यू जारी गरेको आदेशमा उल्लेख छ ।
अहिले गौर, चन्द्रनिगाहपुर र गरुडा लगायतका स्थान नेपाली सेना सहितको सुरक्षाकर्मीले बुधबार बिहान देखि गस्ती थालेका छन । जेन–जी आन्दोलनका कारण पछिल्लो समय आइपरेको परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले गस्ती सुरु गरको हो ।नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाको निर्देशन अनुसार सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पतिको सुरक्षाको लागि गस्ती सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
यता गौर कारगारबाट मंगलबार राति हुलहुज्जत गरेर २३३ कैदी भागेका छ्न् । गौर कारगारबाट भागेकामध्ये ३४ जना कैदीबन्दीलाई सुरक्षाकर्मी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले बताए ।
उनका अनुसार गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड गरी भागेका थिए । भागेकाहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया