images

काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन–२ को इलिमिनेटरमा काठमाण्डु गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य दिएको छ ।टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाण्डुले १९ ओभर एक बलमा १११ रन बनाउँदै अलआउट भयो ।काठमाण्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । जोन सिम्पसन र मोहम्मद आदिल आलम १८–१८, वेन चाल्र्सवर्थ ४, आकाश त्रिपाठी १, सन्नी पटेल ७, मिलिन्द कुमार २, भीम सार्की १४, कप्तान करण केसी ९ र रसिद खान २ रनमा आउट भए ।शाहव आलम ४ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ तथा रुवेन ट्रम्पलम्यानले दुई र अभिषेश गौतमले एक विकेट लिए ।

बुधबार २४ मंसिर २०८२ ०८:४१ PM मा प्रकाशित

प्रतिक्रिया