images

प्रधानमन्त्री दाहाललाई मत नदिन कांग्रेसको ह्विप

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको शुक्रबारको  बैठकमा विश्वासको मत लिँदैछन् । 
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज आफ्ना सबै सांसदलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्रीले लिने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् । 
‘मिति २०८१ साल असार २८ गते शुक्रबारका दिन विहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन ९व्हिप जारी गरिन्छ।’ पार्टीका प्रमुख सचेतक रमेश लेखकद्धार जारी ह्विपमा उल्लेख छ । 
 

बिहीबार २७ असार २०८१ ०३:०३ PM मा प्रकाशित

प्रतिक्रिया