images

प्रधानमन्त्रीलाई विश्वासको मत दिने÷नदिनेबारे निर्णय गर्न राप्रपा संसदीय दलको बैठक बस्दै  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० संसदीय दलको बैठक बस्दैछ । 
पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत÷नदिनेबारे निर्णय गर्ने बताइएको छ । 
सरकारमा रहेका नेकपा एमाले, नागरिक उन्मुक्ति लगायतका दलहरुले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री दाहाल शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । 
मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ । 
 

बिहीबार २७ असार २०८१ १२:४५ PM मा प्रकाशित

प्रतिक्रिया