images

सुनसरीमा बस–माइक्रो ठोक्किँदा ४ को मृत्यु, २३ यात्रु घाइते

इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन् । दुर्घटनामा सप्तरीका अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीका अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगर बस्ने अशोक यादव र अन्दाजी ४५ वर्षीया महिलाको ज्यान गएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।घाइतेमध्ये मोरङ, खोटाङ, उदयपुर, झापा, इलाम, सप्तरी र सुनसरीका बासिन्दा रहेका छन । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था सामान्य छ भने केही मध्यम चोटग्रस्त छन् । उनीहरुको उपचार बिराटनगरस्थित गोल्डेन अस्पताल, बिराट नर्सिङ होम र जिल्ला अस्पताल इनरुवामा भइरहेको छ ।घाइतेको विवरण ः१० अम्बिका राई, मोरङ सुन्दरहरैचा–९२० निरुता परियार, खोटाङ रावावेसि–२३० निर्मल परियार, ३८ वर्ष, खोटाङ४० रबिन्द्र प्र। मण्डल, सप्तरी मन्धवे–६५० रेनुकाश्रेष्ठ, ५० वर्ष, उदयपुर चौदण्डीगढी–६० खगेन्द्र थापा, ३८ वर्ष, झापा शिवसतासी–५ ९सामान्य०७० सन्तोष खत्री, ५३ वर्ष, झापा भद्रपुर–९ ९सामान्य०८० दिपक बि।क।, २० वर्ष, उदयपुर बेलस्रोत–१ ९सामान्य०
९० सविन राई, ३६ वर्ष, इलाम चुलाचुलि–३ ९सामान्य०१०० रविन्द्र मेहता, सप्तरी धिकुति–६११० जिवछ महात्मा, ६८ वर्ष, सप्तरी गोईठी–३१२० नेत्रलाल गिरी, ८४ वर्ष, खोटाङ हलेसी तुवाचुङ–१० ९सामान्य, डिस्चार्ज०१३० केदार गिरी, अन्दाजी ३९ वर्ष, खोटाङ ९सामान्य, डिस्चार्ज०१४० सत्य राई, २० वर्ष, झापा अर्जुनधारा–१ ९मध्यम०१५० रुद्र राय, १० वर्ष, सप्तरी राजविराज–६१६० सोभा यादव, ४८ वर्ष, मोरङ विराटनगर–१०१७० प्रमोद रजक, ४४ वर्ष, सप्तरी राजविराज–१२ ९सामान्य०१८० रवि राय, २२ वर्ष, सप्तरी तिलाठी–५१९० भोला यादव, २४ वर्ष, सप्तरी राजविराज–२ ९मध्यम०२०० प्रदिप यादव, अन्दाजी ३५ वर्ष, सप्तरी राजविराज तेतरी गाछी२१० जोगिन्द्र दास ९बाबा०, ६० वर्ष, सुनसरी कोशी गा।पा।–६ ९मध्यम०२२० अमृता राय, ३० वर्ष, सप्तरी डाक्नेश्वरी–३ ९मध्यम०२३० सन्तोष बास्तोला, २१ वर्ष, सप्तरी राजविराज–४ ९मध्यम, डिस्चार्ज, माईक्रोबस सह–चालक०
 

सोमबार २६ साउन २०८२ ०२:१० PM मा प्रकाशित

प्रतिक्रिया