निर्वाचन आयोगमा एक सय १६ राजनीतिक दल दर्ता, पचास प्रतिशत मात्रै लड्छन् चुनाव

काठमाडौँ - दलहरूबीचको स्वच्छ प्रतिस्पर्धा लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य मानिन्छ । समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले संविधान र कानुनबमोजिम राजनीतिक दल दर्ता, सञ्चालन र व्यवस्थापन गर्न पाउँछन् ।

राजनीतिक दल दर्ताका दलका लागि विधान, घोषणापत्र, कम्तीमा पाँच सय नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्र, कम्तीमा २१ सदस्यीय समितिको व्यवस्थाका साथै नागरिकतालगायत कागजात आवश्यक पर्छ । निर्वाचन आयोगमा दर्ता हुनेमध्ये झण्डै ५० प्रतिशत दलले मात्रै निर्वाचमा भाग लिइरहेका हुन्छन् । निर्वाचनमा भाग लिएकामध्ये पनि सङ्घीय संसद्मा प्रत्यक्षमा निर्वाचन हुने दल १० प्रतिशतको हाराहारीमा हुने गरेका छन् ।

आयोगको तथ्याङ्कअनुसार हाल एक सय १६ राजनीतिक दलको दर्ता कायम छ । त्यसमध्ये गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८६ दल ९७४ दशमलव १४ प्रतिशत०ले दल दर्ता गराएका थिए भने ४७ दल ९४० दशमलव ५२ प्रतिशत०ले समानुपातिकतर्फको बन्दसूची पेस गरेका थिए । यस्तै प्रत्यक्षतर्फ ६१ दल ९५२ दशमलव ५९ प्रतिशत०ले भाग लिएका थिए भने प्रत्यक्षतर्फ सङ्घीय संसद्मा १२ दल ९१० प्रतिशत ३४ प्रतिशत०ले जित हासिल गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा ७८ राजनीतिक दलले निर्वाचनमा भाग लिन निवेदन दिएकामा ५८ दल मात्र सहभागी भएका थिए ।