images

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा कीर्तिपुर र सोलो विजयी

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग ९एचजेएनबीएल० २०२६ मा बुधबार आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबल विजयी भएका छन् ।नेपाल बास्केटबल संघ ९नेबा० को आयोजनामा भइरहेको लिगमा कीर्तिपुरले रोएल्सलाई ८१(६१ ले हरायो ।मूर्तिपुरले २०(१५, २०(१३, १८(१९, २३(१४ को प्रदर्शन गरेको थियो ।कीर्तिपुरका प्रशान्त महर्जनले १३ अङ्क स्कोर गरे । उनी एमभिपी घोषित भए ।यस्तै, बुधबारको दोस्रो खेलमा सोलो बास्केटबलले प्ले बक्स एरेनालाई प्रतिस्पर्धात्मक खेलमा ६८(६५ ले हरायो । तीन क्वाटरमा पछि परे पनि सोलोले तेस्रो क्वाटरमा बनाएको २६(१४ को अग्रता नै जितमा निर्णायक बन्यो ।प्लेबक्सले पहिलो, दोस्रो र चौथो क्वाटर क्रमशस् १५(११, २०(१९ र १६(१२ आफ्नो पक्षमा पारे पनि जितलाई पर्याप्त भएन ।सोलोका प्रगुण महर्जनले ३० अङ्क स्कोर गरे । उनी एमभिपी घोषित भए ।

बिहीबार २८ फागुन २०८२ ११:०६ AM मा प्रकाशित

प्रतिक्रिया