images

‘नेपालीजनता‘हिरो’खोजिरहेका छन्’—कांग्रेस नेता नारायण खड्का (विस्तृत अन्तर्वार्ता पनि)

काठमाडौं । नेपालीकांग्रेसका नेता डा नारायण खड्काले देशमा राष्ट्रिय सरकारको आवश्यकता रहेको बताएका छन् । उनलेदेशको वर्तमान राजनीति र भूराजनीतिक परिस्थितिलाई ध्यानमा राखेर ठूला दलहरुले गम्भीर रुपमा राष्ट्रिय सरकारको खाकातयार गर्दै स्पष्ट मार्गचित्रतयार गर्नुपर्नेमा जोट दिएका छन् । नेता खड्काले नेपालीजनमानसमा असन्तुष्टि बढ्दैगएको र यसले विद्रोहको रुप लिनसक्ने खतरा बढेर गएको बताएका छन् । व्यवस्था परिवर्तन भएर पनि स्थायित्वबन्ननसक्नु र जनताको दैनिकजीवनमाविद्यमान समस्याहरुको समाधानहुननसक्नु सम्भावितविद्रोहको मुख्य कारण रहेको नेता खड्काको भनाई छ । ‘पहिले जनता निराशभए, निराशा सम्वोधनहुनसकेन । त्यसपछि आन्दोलितभए, व्यवस्था परिवर्तन पनिभयो तैपनिउनीहरुको जीवनमा सरकारको पर्याप्त ध्यानगएन र जननिर्वाचितनिकायहरु सक्रिय छन् तर पनिजनताआफ्नो दुखकष्टबाट मुक्तहुनपाएनन् । यही कारण उनीहरु एउटा हिरोको खोजीमा छन्, विद्रोह गर्ने मनस्थितिमापुगेका छन्’पूर्व मन्त्री खड्काले विश्लेषण सहितआफ्नो धारणा राखे ।नेपालीजनताको ‘हिरो’बन्न राजनीतिमाआएकाकतिपय नेता राजनीतिक परिदृश्यमा टिक्न नसकेको टिप्पणी गर्दै नेता खड्काले मुख्य राजनीतिकदलहरु र नेता सत्ता सुविधामै अलमलिँदा देशले निश्चित गति लिननसकेको विश्लेषण गर्दै जनताले अर्को हिरोको खोजी गरिरहेको बताए । ‘त्यो ‘हिरो’ को होला,त्यो त समय आएपछि नै थाहाहुने छ’ नेता खड्काले सांकेतिकभाषामाबताए ।आजबिहान बुढानिलकण्ठस्थित निवासमा नेपालन्यूज बैंकसँगलामो सम्वादगर्दै पूर्व परराष्ट्र मन्त्री खड्काले देशको कुटनीति सञ्चालनअनुभवहीनहातमा पर्ने गरेको र मन्त्री परिषद गठन हुँदाअरुले छानेर बाँकी रहेको कममहत्वको तहमा परराष्ट्र मन्त्रालय रहने गरेको अनुभवपनि सुनाए । नेपालमाशक्ति राष्ट्रहरुको चासो र चलखेल, भारत, चीन र अमेरिकाको नेपालसँग रहेको स्वार्थको सम्बन्ध सहित अनेक महत्वपूर्ण बिषयमा नेता खड्काले विस्तारमा चर्चा गरेका छन् । विस्तृत अन्तर्वार्ता चाँडै  आउँदैछ—
 

बुधबार २९ जेठ २०८१ ०२:०९ PM मा प्रकाशित

प्रतिक्रिया