images

अल्पमतमा परेका प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । 
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले वितेको डेढ वर्षको अवधिमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो । 
प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए । ति मध्ये एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । 
प्रचण्डले आज बस्ने प्रतिनिधिसभा बैठकमा  नेपालको संविधानको धारा १०० को उपधारा ९२० अनुसार विश्वासको मत लिन लागेका हुन् । 
संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि सहमति भएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । 
दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरेका छन् । सुरुवाती चरणमा एमाले अधक्ष्य केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेर बहादुर देउवाले गर्ने सहमति भएको नेताहरु बताउँछन् । यद्धपी सहमति भएको आज ११ दिन बित्दा समेत आजसम्म सहमति पत्र कुनै पनि दललले सार्वजनिक गरिसकेका छैनन् । 

शुक्रबार​ २८ असार २०८१ ११:१७ AM मा प्रकाशित

प्रतिक्रिया