images

पत्रकार सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त


काठमाडौं । राष्ट्रिय समाचार समिति ९रासस० को महाप्रबन्धक पदमा पत्रकार सन्दिप राई नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राससको महाप्रबन्धक पदमा नियुक्त गरेको हो । यसअघिका महाप्रबन्धक सिद्दराज राईको कार्याकाल सकिएपछि उनी नियुक्त भएका हुन् । प्रेस चौतारीका केन्द्रिय सदस्यसमेत रहेका राई दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
 

मङ्गलबार २७ साउन २०८२ १०:५७ AM मा प्रकाशित

प्रतिक्रिया