images

रास्वपा र राप्रपाले गरे आजपनि बैठक बहिस्कार 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले बुधबार पनि  प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद अशोक बहादुर चौधरी र राप्रपाका सांसद दिपक बहादुर सिंहले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।


 

बुधबार २८ साउन २०८२ ०३:१३ PM मा प्रकाशित

प्रतिक्रिया