images

राष्ट्रपतिपौडेल र माल्दिभ्सका राष्ट्रपतिबीचबाकुमा भेटवार्ता

बाकु, अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमाद्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरुमा सहकार्य गर्नुपर्ने बताएकाछन् । राष्ट्रपतिपौडेल र गणतन्त्रमाल्दिभ्सकाउनका समकक्षीडाक्टर मोहम्मदमुइजुसँगबाकुमामङ्गलबार भएको भेटवार्तामा उनले सो आग्रहगरेका हुन् । “ जलवायु परिवर्तनको मारमा हामीदुवै राष्ट्र परेकाछौं, तसर्थ यस विषयमाहामीले द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्तामा सहकार्य गर्ने र हाम्राजस्ता देशकालागिवित्तीयतथाप्राविधिक सहयोगकालागि संयुक्तप्रयास गर्नुपर्छ भन्ने मलाई लाग्छ”,उनले भने । दक्षिणएसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को संस्थापक सदस्यका रूपमा नेपाल र माल्दिभ्सले दक्षिणएसियामा क्षेत्रीय सहयोगको विकासमामहत्वपूर्ण भूमिका खेल्दै आएको राष्ट्रपतिपौडेलको भनाइथियो । उनले नेपाल सार्कका क्रियाकलापअगाडिबढाउनप्रयासरत रहेको र यसमा सबै सदस्य राष्ट्रको सहयोगको अपेक्षा गर्ने बताए । काठमाण्डौ र मालेबीच सम्पर्क सञ्जालविस्तार गर्न गर्न आवश्यक रहेको तथामाल्दिभस्बाट नेपालभ्रमणमाआएर पर्यटकहरूले यहाँविशिष्टअनुभवहरू आर्जन गर्न सक्ने अवस्था रहेको बताउँदै राष्ट्रपतिपौडेलले दुवै देशको आर्थिक विकासमा सघाउपुग्नेगरी नेपालको हिमाल र माल्दिभ्सका सुन्दर टापुलाई पर्यटकीयगन्तव्यकालागिलागिप्याकेजसहितप्रबद्र्धन गर्न सकिने विचार व्यक्त गरे । “वैदेशिकलगानीकालागि नेपालउत्कृष्टगन्तव्यहो, हामीले वैदेशिकलगानीलाई सहजीकरण गर्न कानुनबनाएर वन स्टप सर्भिस सेन्टर स्थापना गरेका छौं, यसमाजलविद्युत, पर्यटन, पूर्वाधार तथा सूचनाप्रविधि र कृषिजस्ता क्षेत्र छन्’’उनले भने ।  नेपाल र माल्दिभ्सबीच १ अगष्ट १९८० मा कूटनीतिक सम्बन्ध स्थापनाभएको थियो । भेटवार्तामा माल्दिभ्सका राष्ट्रपतिडाक्टर मोहम्मदमुइजुले जलवायु परिवर्तनको असर न्यूनिकरणमामाल्दिभ्स नेपालसहितविश्वसँगै मिलेर काम गर्न तयार रहेको बताएकाथिए । राष्ट्रपतिपौडेलले  उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई आजै सम्बोधन गरे । यहीकात्तिक २६ गतेबाट शुरु भएको सम्मेलन आगामीमंसिर ७गतेसम्म चल्नेछ । सम्मेलनमाभागलिन नेपालीप्रतिनिधिमण्डलको नेतृत्वगर्दै राष्ट्रपतिपौडेल कतारको दोहा.हुँदै सोमबार गणतन्त्रअजरबैजानको राजधानीशहर बाकुपुगेका हुन् । 
 

बुधबार २८ कात्तिक २०८१ ०८:३२ AM मा प्रकाशित

प्रतिक्रिया