images

राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने भएका छन् । 
राष्ट्रपति पौडेलले आज साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने भएका हुन् । 
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र दाबी पेस गर्न शुक्रबार नै आह्वान गरेका थिए । 
सोअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका थिए । 
आज नियुक्तिको प्रक्रिया अघि बढे पनि प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहणको कार्यक्रम भने सोमबार बिहान ११ बजे रहेको छ ।

आइतबार​ ३० असार २०८१ ११:५८ AM मा प्रकाशित

प्रतिक्रिया