images

जिल्ला अदालत जुम्लामा ६८ प्रतिशत मुद्दा फछ्र्यौंट 

मुगु । जिल्ला अदालत जुम्लामा ६८ प्रतिशत मुद्दा फछ्र्यौंट भएका छन् । आर्थिक वर्ष २०८१।८२ कूल दर्ता भएका मुद्दामध्य असार ३० गतेसम्म ६८।४९ प्रतिशत मुद्दा फछ्र्यौट भएका हुन् ।सोमबार जिल्ला अदालत जुम्लाद्वारा आयोजित सञ्चारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत प्रगति विवरण अनुसार आव २०८१÷८२ मा जिल्ला अदालतमा आर्थिक वर्ष २०८१।०८२ दर्ता भएका १९२ र गत वर्षको जिम्मेवारी सरि आएका ११९ गरि कुल ३११ वटा मुद्दा दर्ता भएका थिए ।जसमा आर्थिक वर्षको असार मसान्तसम्म कुल दर्ता भएका मुद्दा मध्य २१३ वटा अर्थात ६८।४९ प्रतिशत मुद्दा फछ्र्यौंट भएको अदालतले जानकारी दिएको छ । प्रतिवदेननुसार हाल ९८ वटा मुद्दा बाँकी रहेका छन् । ती आगामी आवको लागि जिम्मेवारी समेत सरेका छन् ।तीन वर्षको तुलनात्मक अवस्थाआर्थिक वर्ष २०७।८० देखि २०८१।८२ सम्म तीन वर्षको तुलना गर्दा आव २०८१।८२ मा सबैभन्दा बढी मुद्दा फछ्र्यौंट भएको देखिन्छ ।जिल्ला अदालतबाट प्राप्त जानकारी अनुसार आर्थिक वर्ष २०७९।८० मा कुल ३७६ मुद्वा दर्ता भएकोमा फछ्र्यौंट २२८ भएका छन् भने बाँकी १४८ मुद्दा छन् ।आर्थिक वर्ष २०८०।८१ कूल ३१२ वटा मुद्दा दर्ता भएकोमा अन्तिमसम्म फछ्र्यौंट १९३ वटा मुद्दा फछ्र्यौंट भएका छन् । भने ११९ वटा मुद्दा फछ्र्यौंट हुन बाँकी रहेका छन् ।साथै आर्थिक वर्ष २०८१।८२ मा ३११ वटा मुद्दा दर्ता हुँदा २१३ फछ्र्यौंट भएका छन् । मुद्दा दर्ता संख्या यस वर्ष कम भएपनि फछ्र्यौंट दर भने विगत दुई वर्षको भन्दा बढी रहेको छ ।कुल ५३ वटा मुद्दामध्य ३८ वटाको फैसला कार्यान्वय भएका छन् । यद्यपी,  अदालतलाइ फैसला कार्यान्वयन ढिलासुस्ती हुने गरेको गुनासो आउने आउने गरेको छ ।जिल्ला न्यायशीश आनन्दराज पन्तले न्याय सम्पादनलाई प्रभावकारी बनाउन पन्चवर्षीय रणनीतिनुसार काम भइरहेको बताए ।उनले भने, ‘अहिले हामी चौथो वार्षिक रणनीति योजना कार्यान्वयनमा छौ । पूर्वनिर्धारित लक्ष्यनुसार कार्यक्रम गरिरहेका छौ । न्याय सम्पादनलाई प्रभावकारी बनाउन सबै सरोकारवालाको सकारात्मक सुझाव आश्यक छ ।’जिल्ला अदालतले हरेक वर्ष वार्षिक निर्धारित कार्यक्रम अनुसार आफ्नो प्रगति विवरण सार्वजनिक गर्न पत्रकारसंग अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।
 

सोमबार ३० असार २०८२ ०२:१६ PM मा प्रकाशित

प्रतिक्रिया