images

यी हुन् एनपीएलमा सर्वाधिक पुरस्कार जित्ने खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन– २ मा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् ।लुम्बिनी लायन्सका कप्तानसमेत रहेका पौडेलले सर्वोत्कृष्ट खेल प्रदर्शनगरी ओमोडा कार पुरस्कार हासिल गरेका हुन् । साथै प्रतियोगितामा उत्कृष्ट ब्याटर पनि बन्न सफल भएकाले उनले पल्सर बाइक जित्न पनि सफल भए ।यस्तै,लुम्बिनी लायन्सकै शेर मल्ल प्रतियोगिताको उत्कृष्ट उदीयमान खेलाडी बन्न सफल भइ पल्सर बाइक पुरस्कार हात पारे । लुम्बिनीकै अर्का रुवेन ट्रम्पलम्यान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनी ५ लाख नगद पुरस्कार पाए ।त्यस्तै प्रतियोगितामा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर बन्न सफल भए । उनले पनि पल्सर बाइक पुरस्कार हासिल गरे ।

आइतबार​ २८ मंसिर २०८२ ११:४४ AM मा प्रकाशित

प्रतिक्रिया