images

जापानको कान्साईमा नेपाल आदिवासी जनजाति महासंघ गठन हुने

ओसाकाजापानको कान्साई क्षेत्रमा बसोबास गर्ने नेपाली आदिवासी जनजाति समुदायको अधिकार संरक्षण, भाषासंस्कृति प्रवर्द्धन तथा आपसी एकता मजबुत पार्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघ कान्साई क्षेत्रिय समिति गठन हुने भएको छ।

संघ गठनका लागि तयारी समिति गठन भइसकेको भने, यही अगस्ट १७ तारिक आईतबार ओसाकामा औपचारिक रूपमा महासंघको पहिलो अधिवेशन आयोजना गर्ने तयारी भइरहेको बताइएको छ। यस अधिवेशनमा महासंघको विधान, कार्ययोजना तथा नेतृत्व चयनको प्रक्रिया सम्पन्न गरिनेछ।

तयारी समितिका अनुसार, महासंघले जापानमा बसोबास गर्ने नेपाली आदिवासी जनजातिहरूबीच सांस्कृतिक आदानप्रदान, परम्परागत पर्वउत्सवको संरक्षण, नयाँ पुस्तामा आफ्नो मौलिक पहिचान हस्तान्तरण गर्ने कामलाई प्राथमिकतामा राख्नेछ। साथै, विभिन्न सामाजिक, शैक्षिक तथा सहयोगमूलक गतिविधिहरू पनि सञ्चालन गरिने बताइएको छ।

आयोजकहरूले कान्साई क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली आदिवासी जनजाति सदस्यहरूलाई महासंघको स्थापना कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरेका छन्।

शुक्रबार​ ३० साउन २०८२ ०७:१५ PM मा प्रकाशित

प्रतिक्रिया