images

खानीखोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

काठमाडौं । खानीखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत (१ः१) हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद दोस्रोपटक थप गरेको छ । कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ चुक्तापूँजीबराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।पहिलो म्याद भदौ २३ गतेसम्म तोकिए पनि मागअनुसार आवेदन नपरेपछि भदौ ३१ गतेसम्म लम्ब्याइएको थियो । हाल देशको परिस्थितिलाई मध्यनजर गर्दै अन्तिमपटक असोज ५ गतेसम्म आवेदन दिन सकिने भएको छ ।यस हकप्रदका लागि असार २७ गते बुक क्लोज गरिएकोले असार २६ गतेसम्म कायम शेयरधनी मात्र आवेदन दिन योग्य हुनेछन् । आवेदन सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंक, कुमारी बैंकका तोकिएका शाखाहरू र ‘मेरो शेयर’ प्रणालीबाट दिन सकिनेछ ।
 

मङ्गलबार ३१ भदौ २०८२ ०४:०२ PM मा प्रकाशित

प्रतिक्रिया