images

नेपालमा दोश्रो पटक इफाप्का सम्मेलन हुँदै

प्रेम सिंह ऐर

प्रेम सिंह ऐर

नेपालको तर्फबाट नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेको इफाप्काको ४६ औं सम्मेलन दोश्रो पटक नेपालमा आयोजना हुंदैछ । आउँदो २०८० साल मंसीर ४ गते देखि ८ गते अर्थात् सन् २०२३ नोभेम्बर २१ देखि २५ तारिख सम्म काठमाडौंमा आयोजना हुने गरी सम्मेलनको मिति तय भएको छ । यसको आयोजक नेपाल निर्माण व्यवसायी महासंघ रहेको छ । 
इफाप्का के हो 
इफाप्का -International Federation of Asian and Western Pacific Contractors' Association(IFAWPCA) को स्थापना सन् १९५६ माभएको हो । दोस्रो विश्वयुद्धको समाप्ति (सन् १९४५) पछि नयाँ शिराबाट एशिया तथा प्रशान्त क्षेत्रमा निर्माण उद्योगको विकास गर्ने अवधारणा सहित इफाप्काको स्थापना गरिएको हो । इफाप्का Confederation of International Contractors' Associations (CICA) को संस्थापक सदस्यपनि रहेको छ । इफाप्काको मुख्यालयफिलपिन्सको राजधानीमनिलामा रहेको छ शुरुमा इफाप्कामा अष्टे्रलिया, चीन (ताइवान), इण्डोनेशिया, जापान, दक्षिण कोरिया, पाकिस्तान, फिलपिन्स र सिंगापुर गरी संस्थापक सदस्यको रुपमाआठ राष्ट्र रहेकोमाहाल सदस्य संख्या १९ पुगेको छ । हाल नेपाल सहितभारत, बंगालादेश, भुटान, मंगोलिया, हङकङ, मलेसिया, न्यूजिल्याण्ड, श्रीलंका, कम्बोडिया र थाइल्याण्ड पनि इफाप्कामा सदस्यको रुपमा आबद्ध छन् । नेपालले सन् १९९३ मा ईफाप्काको सदस्यता लिएको हो ।
इफाप्कामा महासंघको आबद्धता
महासंघले शुरुमा इफाप्काको पर्यवेक्षकको रुपमा सन् १९९२मामुम्बईमा सम्पन्न २५औं सम्मेलनमा भाग लिएको थियो भने सन् १९९३ ओक्टुबर १९ माटोकियोमा सम्पन्न २६औं सम्मेलनबाट विधिवत रुपले नियमित सदस्यको रुपमा चयन भएको थियो । नेपालले पहिलो पटक २३ औं ईफाप्का मिडटर्म बैठक मार्च १०—११ सन् १९९६ मा र सन् २०१६ मा ३९ औं मिर्डटर्म बोर्डका ठमाडौंमाआयोजना गरेको थियो । तत्कालीन समयमा नेपाल निर्माण व्यवसायी संघको अध्यक्ष गणेशलाल श्रेष्ठ, महासचिव यक्षध्वज कार्की र कोषाध्यक्ष अमरबहादुर श्रेष्ठ हुुनुहुन्थ्यो । त्यही बैठकबाट ३०औं इफाप्का सम्मेलन नेपालले आयोजना गर्ने समझदारी भएअनुसार सन् १९९९ माउक्त सम्मेलन सफलता पूर्वक सम्पन्न भएको थियो । 
हाल सम्म इफाप्काको विभिन्न पदाधिकारी तथा बोर्ड सदस्यहरु मामहासंघको तर्फबाट निम्नानुसारका महानुभावहरूको प्रतिनिधित्व रहेको छ: इफाप्काअध्यक्षमा गणेशलालश्रेष्ठ, रवि सिंह (हाल), प्रथम उपाध्यक्षमा रमेश शर्मा, द्धितीय उपाध्यक्षमा शरदकुमार गौचन, निकोलस पाण्डे, महासचिवमा राजेन्द्रमान शेरचन र वीरेन्द्रराजपाण्डे (हाल), उप महासचिवमा जयराम लामिछाने,  बोर्ड सदस्यमा राजेशबाबु श्रेष्ठ, माधवखनाल, शरद कुमार गौचन, वीरेन्द्रराजपाण्डे, निकोलस पाण्डे र सुशीलकुमार श्रेष्ठ (हाल) । 

३० औं इफाप्का सम्मेलन नेपालमा
यसरी सन् १९९८ मा मलेसियामा सम्पन्न भएको २९औं इफाप्का सम्मेलनबाट नेपाल अध्यक्ष भएर ३०औं इफाप्का सम्मेलनको थप तयारीमा जुटेको थियो । तर मलेसियामा सम्पन्न भएको २९औं सम्मेलन अगाडि देखि नैतत्कालीन संघले विभिन्न चरणमा तयारी शुरु गरिसकेकोथियो । २०५४ साल श्रावणमा तत्कालीन संघका निवर्तमान महासचिव पी.जी.लामाको संयोजकत्वमा ३०औं इफाप्का सम्मेलन समिति गठन भई समिति सह—संयोजकमा रमेश शर्मा र सदस्यहरुमा गणेशलाल श्रेष्ठ, राजेन्द्रमान शेरचन, राजेशबाबु श्रेष्ठ, यक्षध्वज कार्की, अमरबहादुर श्रेष्ठ, सुधाराज गिरी, भाइराजा श्रेष्ठ रहेका थिए । लामाले इफाप्काको महासचिवहुने इच्छा समेत राखेका थिए । तर मलेसिया सम्मेलन पश्चात इफाप्का अध्यक्षमा गणेशलाल श्रेष्ठ, इफाप्का महासचिवमा राजेन्द्रमान शेरचनर ईफाप्काबोर्ड मेम्बरमा राजेशबाबु श्रेष्ठ चयन भएका थिए । सोपश्चात ३०औं ईफाप्का सम्मेलन समन्वय समिति पुर्न गठन भई संयोजकमा समेत राजेन्द्रमान शेरचन, सह—संयोजकमा राजेशबाबु श्रेष्ठ, सदस्यहरु रमेश शर्मा, गणेशलाल श्रेष्ठ, सुरेश श्रेष्ठ, बिक्रम पाण्डे, सुकुन्तलाल हिराचन, शरदकुमार गौचन, अमरबहादुर श्रेष्ठ र उपसमितिका संयोजकहरु पदेन सदस्यको रुपमा रहेका थिए । यसरी सम्मेलन समिति अन्तर्गत रहने गरी विभिन्न उपसमितिहरु गठन भएका थिए । उक्त उप समितिहरुमा रजिष्ट्रशन उप समिति संयोजक हरिबोल बडाल, आर्थिक उपसमिति संयोजक अमर बहादुर श्रेष्ठ, साँस्कृतिक उप समिति संयोजक शशीधर रिजाल, जनसम्पर्क उपसमिति संयोजक यक्षध्वज कार्की, प्रचारप्रसार विज्ञापन उप समिति संयोजक सुधाराज गिरी, अतिथिसत्कार उपसमिति संयोजक बिजयबाबु मल्ल र कार्यान्वयन उप समिति पुरुषोत्तम मानन्धर रहेका थिए । सो समयमा तत्कालिन संघको अध्यक्षमा रमेश शर्मा, महासचिवमा सुकुन्तलाल हिराचन र कोषाध्यक्षमा अमरबहादुर श्रेष्ठ रहनु भएको थियो । यसरी इफाप्कको ३०औं सम्मेलन Partnership – A Need for Growth and Development for the Next Millennium नाराका साथ सन् १९९९ को डिसेम्बर ५ देखि ९ तारीखमाकाठमाडौंमा सम्पन्नभएको थियो । सम्मेलनको उद्घाटन तत्कालिन श्री ५ महाराजाधिराज सरकार वीरेन्द्र वीर विक्रम शाहबाट भएको थियो भने उद्घाटन समारोहमा तत्कालीन श्री ५ बडामहारानीएश्वेर्य शाह, प्रधानमन्त्री श्री कृष्ण प्रसाद भट्टराई, निर्माण तथा यातायात मन्त्री श्री खुमबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो । सो सम्मेलनको व्यवस्थापन गर्नका लागि करीव एक वर्ष अगाडिदेखि इभेन्टकम्पनीको रुपमा भाष्कर राज कर्णिकार संचालक रहेको एभरेष्ट एक्जिभिसन प्रा.लि.लाई नियुक्त गरिएको थियो ।उक्त सम्मेलनको उद्घाटन समारोह वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गरिएको थियो भने भेन्यु होटेलको रुपमा सोल्टी क्राउन प्लाजा रहेको थियो । त्यसै गरी अन्य अफिसियल होटेलको रुपमा ग्राण्ड होटेल र याक एण्ड यति होटेल रहेका थिए । रिसेप्सन डिनर याक एण्ड यति होटेलमाआयोजना गरिएको थियो भने फेयरवेल डिनर वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको थियो । त्यस्तै स्पाउस टुर गोदावारीमा भएको थियो भने होल डे टुर मनकामना केबुल कार र मनकामना मन्दिरमा भएको थियो । सम्मेलनमा सहभागीहरूका लागि गल्फ खेल्न गोकर्ण रिजर्टमा व्यवस्था मिलाइएको थियो ।सम्मेलनमा १६ सदस्य देशका करीब ३०० जना विदेशी व्यवसायी गरी ५०० जनाको सहभागिता रहेको थियो । 

३९ औं मिर्ड टर्म बोर्ड काठमाडौंमा
यसै गरी महासंघले सन् २०१६ अगष्ट ३१ देखि सेप्टेम्बर १ सम्मकाठमाडौंको गोकर्ण रिसोर्टमा इफाप्काको ३९ औं मिडटर्म बोर्ड बैठकको अयोजना गरेको थियो  । उक्तबोर्ड बैठकको उद्घाटन माननीय मन्त्री रघुवीर महासेठबाट बौद्ध स्थिथ हायात होटलमा गरिएको थियो भने विदेशी सहभागीहरूको लागि भक्तपुर र ठमेल भ्रमणको व्यवस्था गरिएको थियो । सो समयमा महासंघको अध्यक्षमा शरद कुमार गौचन, महासचिवमा रामशरण देउजा र कोषाध्यक्षमा रोशनदाहाल रहनु भएको थियो भने इफाप्का बोर्ड मेम्बरमा निकोलस पाण्डे हुनुहुन्थ्यो । 

४६ औं इफाप्का सम्मेलनको तयारी

सन् २०२३ नोभेम्बर २१देखि २५ सम्म Partnering in Sustainable Infrastructure भन्ने नाराका साथ ४६औं इफाप्का सम्मेलन काठमाडौं हुने भएको छ । महासंघले ४६औं इफाप्का सम्मेलनको तयारी विगत ३ वर्ष अघिदेखि नै शुरु गरिसकेको छ । सम्मेलनको लागि निर्माण व्यवसायी कोषको अनुदानमा महासंघको पहिलो तलामा आधुनिक र व्यवस्थित रुपको सुविधा सम्पन्न सचिवालय स्थापना गरि सकिएको छ । उक्त सचिवालयको लागि थप तीन जना उच्चतहको कर्मचारीहरुको समेत नियुक्त गरिसकेको छ । ४६ औं ईफाप्का सम्मेलन सफल बनाउनका लागि महासंघको अन्तर्राष्ट्रिय समितिको अग्रसरतामा विभिन्न समयमा बैठक बसी सोको निर्णयानुसार आवश्यक तयारी भइरहेको छ । यसको साथै ४६ औं इफाप्का सम्मेलन मूलआयोजक समिति पनि गठन भएको छ । यस सम्मेलनको तयारी गर्नका लागि महासंघले तीन चरणका कार्यक्रम तय गरितयारी थालेको छ:
क) सम्मेलनको पूर्व तयारी,    ख) सम्मेलनको दौरानमाहुने तयारी ग) सम्मेलन पश्चात्को तयारी 

क) सम्मेलन पूर्व तयारी: ४६ औं इफाप्का सम्मेलनमा आयोजना गर्नु पर्ने थुप्रै कार्यक्रमहरुलाई व्यवस्थित गरी सफल पार्नका लागि सम्मेलनको पूूर्व तयारी गरिनु पर्दछ । इफाप्काको हालै मान्दिभ्समा सम्पन्न ४५ औं सम्मेलनबाट इफाप्का अध्यक्षमा  रवि सिंह, इफाप्का महासचिवमा  वीरेन्द्रराज पाण्डे, इफाप्काबोर्ड मेम्बरमा  सुशीलकुमार श्रेष्ठ निर्वाचित भए पश्चात ४६औं इफाप्का सम्मेलनलाई सफल रुपले आयोजना गर्ने जिम्मा महासंघको काँधमा आएको छ । यसको लागि महासंघले केही वर्ष अघि सचिवालय भवनको पहिलो तलामा सम्मेलनको लागि छुट्टै सचिवालयकक्ष, इफाप्का महासचिव कक्ष, संयोजककक्ष, बैठक कक्ष र कर्मचारी कक्षको निर्माण गरि सकेको छ । सम्मेलनका लागि छुट्टै कर्मचारीहरु नियुक्त उनीहरूलाई र महासंघमा वहाल कर्मचारीहरुलाई समेत  कार्य विभाजन समेत तोकि सकिएको छ । इफाप्काको ४५ औं सम्मेलनमा समेत महासंघले ४६औं इफाप्का सम्मेलनको प्रमोसन गर्न विभिन्न सोभिनियर, भिडियो, नेपाली सँस्कृति झल्कने नृत्य सहितका कार्यक्रम गरेको थियो । ४६औं इफाप्का सम्मेलनको लोगोका लागि महासंघले दैनिक पत्रिकामा सूचना जारी गरी प्रतिस्पर्धा गराइ क्षितीज तामाङले बनाएको सम्मेलन लोगो छनौट भएको छ । उत्कृष्ट लोगो निर्माणकर्तालाई रु.१ लाख पुरस्कार राशी राखिएको थियो ।इफाप्कको नियमानुसार सम्मेलनमा सहभागीहुने विदेशीतथा स्वेदशी निर्माण व्यवसायीहरुले रजिष्ट्रेशन शुल्क वापत मेन डेलिगेट्सको ५०० अमेरिकी डलर र अकम्पनिङ डेलिगेट्सके ३०० अमेरिकीडलर लाग्नेछ । 
महासंघले ४६औं इफाप्का सम्मेलनलाई सम्पन्न गर्न महासंघ कार्य समितिको निर्णयानुसार इफाप्का तथा महासंघ अध्यक्ष रवि सिंहज्यूको अध्यक्षतामा ४६ औं इफाप्का मूल आयोजक समितिगठन गरेको छ भने सह—संयोजकहरूमा ईफाप्का हेर्ने गरी बीरेन्द्रराज पाण्डे,महासंघसँग सम्बन्धित हेर्ने गरीआङ दोर्जी लामा(ए.डी.) र ईभेन्ट हेर्ने गरी निकोलस पाण्डे सहित तीन जनालाई मनोनित गरेको छ भने सदस्य सचिवमा प्रेम सिंह ऐर रहनु भएको छ । मूलआयोजकअन्तर्गत रहने गरी देहाय बमोजिमका समितिहरु गठनगरि संयोजकहरु समेत मनोनित गरि सकिएको छ ः 
इभेन्ट मनेजमेन्ट कमिटीको संयोजकमा निकोलस पाण्डे र सदस्य सचिवमाआशितअधिकारी, फाइनान्स म्यानेजमेन्टक मिटीको संयोजक ए.डी.लामा र सदस्य सचिवमा श्रीप्रीयाश्रेष्ठ, इफाप्काएण्ड टेक्निकल कोर्डिनेशन कमिटी संयोजक बीरेन्द्रराज पाण्डे र सदस्य सचिवमाआशितअधिकारी, योङलिडसर्् कोर्डिनेशन कमिटी संयोजक सुशीलकुमार श्रेष्ठ र सदस्य सचिवमा साहारा राई, इफाप्का एड्भाईजरी बोर्ड कोन्भेनर रवी सिंह र सदस्य सचिव प्रेम सिंह ऐर गरी सोको एड्भाइजरमा महासंघका पूर्व अध्यक्षहरु, इफाप्काका पूर्व तथा वर्तमान पदाधिकारी तथा बोर्ड मेम्बर रहनेछन् । त्यस्तै स्टेट एफयर्स म्यानेजमेन्ट कमिटी संयोजक  रोशन दाहाल र सदस्य सचिवमा प्रेम सिंह ऐर, स्पाउस कोर्डीनेशन कमिटी संयोजक श्रीमती पुजा पाण्डे र सदस्य सचिवमा सुश्री सुभेक्षा सिंह रहनु भएको छ भने ती कमिटीहरुको कार्य विभाजन पनि तोकिएको छ ।
यसै गरी पूर्व तयारी अन्तर्गत सम्मेलन अगावै इफाप्काको नियमानुसार केही अरु कार्यक्रमहरु पनि गर्नुपर्ने तालिका रहेको छ ।यस बीचमा इफाप्का बोर्डको भर्चुयल मिटिङ, इफाप्का सचिवालयसँगको भर्चुयल मिटिङ, स्पेसल एजिएम लगायतका बैठकहरु सम्पन्न भएका छन । यसको साथै इफाप्काको फोरम यही २०७९ चैत्र ९ गतेअर्थात् २३ मार्च २०२३ माहोटेल ह््यात रिजेन्सी काठमाडौंमा हुनगइरहेको छ । यसमा विदेशी र स्वदेशी सहभागी गरी जम्मा ३०० जनाको सहभागिता रहने अनुमान गरिएको छ । यो फोरममा स्पीकर र सहभागीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुका हुनेछन् । 
इफाप्काको ४२ औं मिडटर्म बैठक सन् २०२३ जुन १५ देखि १७ तारिख सम्म मंगोलियाको उलन बटरमा हुन गइरहेको छ । सो मिडटर्म बैठकमा नेपालले ४६ औं इफाप्का सम्मेलनको जानकारीमूलक सहितको प्रमोसन कार्यक्रमहरु गर्ने गरी आवश्यक तयारी गरिरहेको छ ।
    ४६ औै इफाप्का सम्मेलनका लागिअफिसिल होटेलमा याक एण्ड यति होटेललाई तोकिएको छ  । सम्मेलन व्यवस्थापन गर्नका लागि ४५ औं सम्मेलन सम्म हेर्ने गरी र सम्मेलन अवधि सम्मको लागि एप तथा वेभसाईट हेर्ने गरीएमाजिङ्क ईभेन्ट्स प्रा.लि. लाई जिम्मादिइएको छ । इफाप्काफोरम सम्म परिक्षणकाल रहने गरी सम्मेलन अवधि भरको लागि ईभेन्टकम्पनीको रुपमा भोग्स ईभेन्ट प्रा.लि.लाई नियुक्त गरिएको छ । ४६ औं इफाप्का सम्मेलनको लागि आवश्यक पर्ने रजिष्टे«शन सफ्टवेयर, एप, वेभसाईट बनाउनुका साथै डेलिगेट्स क्यु.आर.कोड सहितको डेलिगेट्स ट्याग, किटब्याग र सोको सामग्री, ह्याण्ड्स बुक, स्मारिका, कल्चर प्रोग्राम, हल ईक्युपमेण्ट, टुर प्याकेज, होटेल बुकिङ लगायतका कार्यहरु गर्न महासंघले अहिले देखि नै तयारी शुरु गरिसकेको छ ।  

ख) सम्मेलनको दौरानमाहुने तयारीः
सम्मेलनको दौरानमा हुने तयारीहरु मध्ये इफाप्काको नियम अनुसार सबै कार्यक्रमहरुको मापदण्ड तोके बमोजिम गर्नु पर्ने हुन्छ । सम्मेलन पाँच दिन सम्म हुनेछ र यसको विस्तृत विवरण देहाय बमोजिम रहेको छ:
–    शुन्यदिन नोभेम्बर २० तारिख: यो दिनमा डेलिगेट्सहरुको आगमनहुनेछ र सोहीदिन ररजिष्ट्रेशन कार्य  पनिहुनेछ । सबै आउने डेलिगेट्सहरुलाई एयरपोर्टमा स्वागतगरिने छ । 
–    पहिलो दिन नोभेम्बर २१ तारिख: सम्मेलनको पहिलो दिनमा डेलिगेट्स अराईभल, रजिष्ट्रेशन कार्य भेनु होटेलमा हुनेछ । त्यस्तै फाइनान्स कमिटी बैठक, इफाप्का पहिलो बोर्ड बैठक, प्रेसिडियेन्सल डिनर कार्यक्रम आयोजना गरिने छ । 
–    दोश्रो दिन नोभेम्बर २२ तारिख: सम्मेलनको दोश्रो दिनमा डेलिगेट्स अराईभल, रजिष्ट्रेशनकार्य गर्ने, कार्यक्रमको समुद्घाटन राष्ट्र प्रमुखवा सरकार प्रमुखबाट हुनेछ । पहिलो जनरल एसेम्बली र विभिन्न पाँच वटा कमीटीहरुको बैठक भेन्यु होटेलमाहुनेछ ।  स्पाउस टुर हेरिटेज वाप्रमुख स्थानमाहुनेछ । सोही दिन लन्च भेनु होटेलमा हुनेछ भने बेलुका रिसप्सन डिनरको आयोजना गरिनेछ । 
–    तेश्रो दिन नोभेम्बर २३ तारिख: सम्मेलनको तेश्रो दिनमा फोरम सहितको टेक्निकल सेसन हुनेछ । डेलिगेट्स टुरको व्यवस्था चन्द्रागिरी वा अन्यप्रसिद्ध स्थानमा गरिने छ । 
–    चौथो दिन नोभेम्बर २४ तारिख: सम्मेलनको चौथो दिनमा भेनु होटेलमा विहान दोश्रो जनरल एसेम्बली हुनेछ । नयाँ कार्य समितिको चयन भई नयाँ अध्यक्ष लगायतको सपथ ग्रहण र सिंगापुरलाई अध्यक्षता हस्तान्तरण हुनेछ । अपरान्ह नयाँ इफाप्का बोर्ड बैठक हुनेछ । बेलुका प्रसिद्ध होटेलमा फेरवेल डिनर सहितको सबै देशका सदस्य संघहरुले आफ्नो देशको संस्कृति झल्कने गरी सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । 
–    पाँचौदिन नोभेम्बर २५ तारिख:  सम्मेलनको पाँचौ दिनमा सबै डेलिगेट्सहरुलाई विदाई गर्ने कार्यक्रम रहेको छ । 

ग) सम्मेलन पश्चात्हुने तयारीः

४६औं इफाप्का सम्मेलन समापनभएपश्चातप्रि—बुकभएकाविभिन्न पर्यटकीय स्थलको टुरको कार्यक्रमआयोजनाहुनेछनभने प्रि—बुकभएको गल्फ खेलको आयोजनापनि एयरपोर्ट वागाकर्णमाआयोजनागरिनेछ । सहभागीहरुबाट प्राप्त जम्मा हुनआउेन दर्ता शुल्क रकमको तीस प्रतिशत रकम इफाप्कालाई पठाउनु पर्नेछ । यसको साथै ४६औं इफाप्कामाभएका सम्पूर्ण गतिविधि सहित सो दौरानमा भएका महत्वपूर्ण निर्णयहरु समेटी एक Proceeding Book प्रकाशन गरिनेछ ।   दौरानमा हुने तयारीहरु मध्ये इफाप्काको नियम अनुसार सबै कार्यक्रमहरुको मापदण्ड तोके बमोजिम गर्नुपर्ने हुन्छ ।

(लेखक नेपाल निर्माण व्यवसायी महासंघका कार्यालय प्रमुख हुनुहुन्छ) 
 

शनिबार ३० भदौ २०८० ०८:१४ AM मा प्रकाशित

प्रतिक्रिया