images

छानबिन आयोगको निष्कर्ष ः बालकुमारी घटनाको नैतिक जिम्मेवारी मन्त्री ज्वालाले लिनुपर्छ

बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी रहेको छानबिन आयोगको निष्कर्ष काठमाडौं । ललितपुरको बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीनजना दोषी भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोगले शुझबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला प्रदर्शन भैरहेको ठाउँमा पुग्दा मानवीय क्षतिको घटना भएको उल्लेख छ । आयोगले हुलहुज्जत भइहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको संवेदनशीलताको खयाल नगरि मन्त्री पुग्नु कमजोरी रहेको जनाएको छ । मन्त्री ज्वालालाई कारबाहीका लागि समेत आयोगले प्रधानमन्त्रीलाई सिफारिस गरेको छ । घटनाको नैतिक जिम्मेवारी लिन र मन्त्री ज्वालालाई सचेत गराउन समेत प्रतिवेदनमा सिफारिस गरिएको छ । यस्तै, बालकुमारीमा घटना हुँदा फिल्ड कमान्डरको जिम्मेवारीमा रहेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ सई बोधराज दनुवार पनि दोषी भएको छानबिन आयोगले जनाएको छ । पीएसओ दनुुवारले सुरक्षा नजरअन्दाज गरेर गलत ठाउँमा मन्त्रीलाई पुर्याएको र डीएसपी लम्सालले सुरक्षा मिलाउन नसकेर बल प्रयोग गरेको आयोगको निष्कर्ष छ ।
गएको पुस १३ गते कोरियन भाषा परिक्षा ईपिएसको परिक्षामा सहभागि गराउन माग गर्दै भएको प्रदर्शनान प्रहरी गोली लागेर दुई जनाको मृत्यु भएको थियो । 
उक्त घटनाको छानबिन गर्न मन्त्रिपरिषद् बैठकले पुस १६ गते उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो ।
 

शनिबार ४ फागुन २०८० ०९:०३ AM मा प्रकाशित

प्रतिक्रिया