काठमाडौं । हायर ग्राउन्ड नेपालले अन्तर्राष्ट्रिय महिला महिनाको अवसर पारेर वार्षिक ५ किलोमिटर ‘फन रन’ आयोजना गर्ने भएको छ । कार्यक्रम शनिबार, २१ मार्च २०२६ बिहान जावलाखेल फुटबल ग्राउन्डबाट आयोजना गर्ने भएको हो । आयोजकका अनुसार कार्यक्रममा २००० भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रमको मुख्य उद्देश्य महिलाको सशक्तीकरण, लैङ्गिक समानता तथा सामुदायिक एकतालाई प्रवर्द्धन गर्नु रहेको छ । दौड मार्ग सबै उमेर समूहका लागि सहज र पहुँचयोग्य बनाइएको छ ।रमाइलो दौड मार्ग भनिमण्डल, ठाडोढुंगा, सानेपा खरिबोट, कार्यशाला भोजनालय, अरुण थापा चोक हुँदै सेन्ट मेरी र सेन्ट जेभियर्स विद्यालय क्षेत्र पार गर्दै अन्त्यमा जावलाखेल फुटबल ग्राउन्डमा पुगेर समापन हुनेछ ।विशेष व्हीलचेयर दौड जावलाखेल व्ही
प्रतिक्रिया